हे सियोनकी छोरी, सुत्केरी वेदनामा परेकी आइमाईको पीडामा रोऊ। किनकि अब तिमी शहरबाट बहिर जानेछ्यौ र मैदानमा बस्नेछौ र माथि बाबेलमा जानेछ्यौ र त्यहाँ तिमी सुरक्षित रहनेछ्यौ। परमप्रभुले तिम्रा शत्रुको हातबाट तिम्रो उद्धार गर्नुहुनेछ।
Cross references
बाबलीहरूले तिम्रो छोराहरूलाई लग्नेछन्। अनि तिम्रा छोराहरू बाबेलका राजाको महलमा नपुंसक हुनेछन्।”
नबूकदनेस्सरका सेनाहरूले अन्तमा शहरको भित्तालाई भत्काए। त्यस रात राजा सिदकियाह र उनका सबै सैनिकहरू भागे। तिनीहरूले गोप्यद्वार प्रयोग गरे जुन दुइ पर्खाल भएर गएको थियो। यो राजाको बगैंचा भएर गएको थियो। शत्रुका सैनिकहरू शहरको वरिपरि थिए तर सिदकियाह र उनका मानिसहरू मरूभूतिको बाटो भएर भागे।
यसर्थ परमप्रभुले यहूदामाथि आक्रमण गर्नका निम्ति अश्शूरका राजाका सेनाका सेनापतिहरू ल्याउनु भयो। ती सेनापतिहरूले मनश्शेलाई पक्रे अनि तिनलाई आफ्ना बन्दी बनाए। तिनीहरूले तिनलाई अंकुशेहरू लगाइ दिए अनि हातमा पित्तलका साङ्गलाहरू लगाइ दिए अनि तिनलाई बाबेल देशमा लगे।
नबूकदनेसरले ती मानिसहरूलाई बाबेल फर्काइ लगे जो अझ जीवित थिए अनि तिनीहरूलाई दास हुन बाध्य तुल्याए। ती मानिसहरू फारस राज्यले बाबेल राज्यलाई परास्त नगरे सम्म दासको रूपमा बाबेलमा बसे।
कोरेस, फारसका राजा भन्छन् - “परमप्रभु, स्वर्गका परमेश्वरले मलाई सम्पूर्ण पृथ्वीको राजा बनाउनु भएको छ। उहाँले मलाई उहाँका निम्ति यरूशलेममा एउटा मन्दिर निर्माण गर्ने जिम्मा दिनु भएको छ। अब तिमीहरू सबै, जो परमेश्वरका मानिसहरू हौ, यरूशलेममा जानका निम्ति स्वतन्त्र छौ। अनि परमप्रभु तिम्रा परमेश्वर तिमीहरू साथ रहुन्।”
प्रथम वर्षमा कोरेस फारस का राजा थिए। अगमवक्ता यर्मियाह द्वारा बोलिएको परमप्रभुको वचन पूर्ण गर्नका निम्ति परमप्रभुले फारसका राजा कोरेसलाई उनको राज्य भरि घोषणा गर्ने प्रेरणा दिनु भयो। कोरेसले त्यो घोषणा लेखे अनि आफ्नो राज्य को सबै स्थानमा पढिदिए। त्यसमा यो भनिएको थियोः
परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई उनीहरूका शत्रुहरूबाट बचाउनु भयो! परमेश्वरले तिनीहरूलाई शत्रुहरूबाट मुक्ति दिनुभयो।
परमप्रभु, इस्राएलका परमपवित्रले, तिमीहरूलाई बचाउनु हुनेछ। अनि परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका खातिर म बाबेलमा सेनाहरू पठाउने छु। धेरै मानिसहरू पक्राउ पर्नेछन्। ती मानिसहरू, कल्दीहरू, उनीहरू कै आफ्ना जहाजहरूमा लैजानेछु। कल्दीहरू आफ्ना जहाजहरूमाथि गर्व गर्छन्।
मैले कोरेसलाई शक्ति प्रदान गरे ताकि उसले राम्रो काम गरोस। अनि मैले उसको कामहरू सहज पारिदिए। कोरेसले मेरो शहर पुननिर्माण गर्नेछ। अनि उसले मेरा मानिसहरू स्वतन्त्र पार्नेछ। कोरेसले मेरा मानिसहरू मलाई बेच्नेछैन्। मैले उसलाई ती कुराहरू गर्नलाई त्यसको मूल्य तिर्नु पर्नेछैन्। मानिसहरू स्वतन्त्र हुनेछन् अनि मेरो लागि त्यसको मूल्य केही पनि होइन्।” सेनाहरूका परमप्रभुले यी कुराहरू भन्नुभयो।
मेरा मानिसहरू बाबेल त्याग। मेरा मानिसहरू, कल्दीहरूबाट भाग। आनन्दको स्वरले यो सन्देशहरू मानिसहरूसँग भन्। यो सन्देशहरू पृथ्वीको टाढा ठाउँहरूमा फैलाऊ। मानिसहरूलाई भन, “परमप्रभुले आफ्ना दास याकूबलाई बचाउनु भयो।
यरूशलेम, तिम्रो भग्नावशेष भवनहरू फेरि खुशीले भरिनेछ। तिमीहरू सबै पुन आनन्दित हुनेछौ। किन? किनभने यरूशलेममाथि परमप्रभु कृपालु हुनुहुन्छ। परमप्रभुले आफ्ना मानिसहरूलाई बचाउनुहुनेछ।
“एकजना स्त्रीले प्रसव वेदना अनुभव नगरी नानी जन्माउँदिन। एकजना स्त्रीले जन्मेको छोरोको मुख हेर्न अघि प्रसव वेदनाको अनुभव गरेकी हुनुपर्छ। यस्तै प्रकारले कसैले पनि एकै दिनमा नयाँ संसार बनिएको देखेनन्।
एउटी स्त्रीलाई प्रसुती पीडाको समयको जस्तै आवाज मैले सुनेको छु। पहिलो पल्ट प्रसुती पीडामा परेकी स्त्रीको आवाज झैं थियो। त्यो सियोनकी छोरीले हावाको लागि कष्टश्वास फेर्दै र मुद्दतको लागि हात फैलाउँदै गरेको आवाज थियो। “हाय! म बेहोश हुनु लागेकि छु अनि हत्याराहरू मेरा वरिपरि छन्।”