Home Bibles ☰ Books जकरिया 2:12 · नेपाली बाइबल
जकरिया 2:12 · नेपाली बाइबल

परमप्रभुले यरूशलेमलाई फेरि आफ्नो शहर बनाउनु हुनेछ, अनि यहूदाको पवित्र भूमि उहाँको भाग हुनेछ।

Cross references

प्रस्थान 19:5

यसकारण म अहिले तिमीहरूलाई मेरा आज्ञा पालन गर अनि मेरो करार अनुशरण गर भन्छु। यदि तिमीहरूले यसो गर्यौ भने तिमीहरू मेरो आफ्नै मानिसहरू हुनेछौ। सम्पूर्ण संसार मेरो हो।

व्यवस्था 32:9

परमप्रभुको निज हिस्सा उहाँका मानिसहरू हुन् याकूब परमप्रभुका हुन्।

व्यवस्था 32:10

परमप्रभुले याकूबलाई बीरानो अनि बतासले भरिएको मरूभूमिमा भेटूनुभयो। परमप्रभुले हेर्नको निम्ति याकूबलाई घेर्नु भयो। उहाँले उसलाई आफ्नो आँखाको नानीलाई झैं जोगाउनु भयो।

एस्तर 6:13

तब हामानले आफ्नी पत्नी जेरेशलाई अनि आफ्ना साथीहरूलाई त्यहाँ भएको हरेक कुराको विवरण सुनाए। अनि उसका ज्ञानी साथीहरू र उसकी पत्नी जेरेशले उसलाई भने, “तिम्रो पतन जन्म-जात यहूदी मोर्देकै समक्ष शुरू भयो त्यसकारण तिमी उसको विरूद्ध खडा हुन सक्दैनौ साँचैनै तिमी उसको अघि पतन हुनेछौ अनि नष्ट हुनेछौ।

भजनसंग्रह 33:12

परमप्रभु जुन मानिसहरूको परमेश्वर स्वरूप हुनुहुन्छ, तिनीहरू सौभाग्यशाली हुन्छन्। किन? किनभने परमेश्वरले तिनीहरूलाई उहाँको आफ्नै खास मानिसहरू सरह रोज्नु भएकोछ।

भजनसंग्रह 82:8

हे परमेश्वर, उठ्नु होस्! तपाईं न्यायकर्त्ता हुनुहोस्। तपाईं सबै जातिहरूमा अगुवा हुनुहोस्।

भजनसंग्रह 105:15

परमेश्वरले भन्नुभयो, “मैले रोजेका मानिसहरूलाई दुःख नदेऊ। मेरो अगमवक्ताहरू प्रति अधर्मी व्यवहार गर्दै नगर।

भजनसंग्रह 135:4

परमप्रभुले याकूबलाई रोज्नु भयो, इस्राएल परमप्रभु कै हो।

यशैया 17:14

त्यो रात मानिसहरू भयभीत हुनेछन्। बिहान हुन अघि केही छोडिएको हुने छैन। यसकारण हाम्रा शत्रुहरूले केही पनि पाउँने छैनन् अनि त्यहाँ केही हुनेछैन।

यशैया 41:9

तिमी टाढा देशमा थियौ, तर म तिमीकहाँ पुगें मैले तिमीलाई त्यो टाढा ठाउँबाट बोलाएँ। मैले भने, ‘तिमी मेरो दास हौ।’ तिमीलाई रोजें। अनि मैले तिमीलाई रद्ध गरिनँ।

यर्मिया 10:16

तर याकूबका परमप्रभु ती मूर्तिहरू जस्ता हुनुहुन्न। परमप्रभुले सबै थोक बनाउनु भयो अनि परमप्रभुले इस्राएल परिवारलाई परमप्रभुले उहाँको आफ्नै मानिसहरू भनी रोज्नु भयो। परमेश्वरको नाउँ “सेनाहरूका परमप्रभु” हो।

यर्मिया 30:16

यसकारण ती सबै ज-जसले तिमीहरूलाई नष्ट पार्छन तिनीहरूलाई पनि नष्ट परिनेछ। तिम्रा शत्रुहरू सबैलाई कैद गराइन्छ। ती जाति-जातिहरू ज-जसले तिमीहरूलाई नष्ट बनाएका छन। तिनीहरू आफै नष्ट हुनेछन। ती सबै ज-जसले तिमीहरूलाई लुटेका छन् अरूले तिनीहरूलाई लुटनेछन्।

यर्मिया 51:19

याकूबका परमेश्वर यी मूर्तिहरू जस्ता मूल्यहीन हुनुहुन्न। मानिसहरूले परमेश्वर बनाएनन्। परमेश्वरले आफ्ना मानिसहरू बनाउनुभयो। उहाँले आफ्नो उत्तराधिकारी जाति सहित प्रत्येक चीज बनाउनु भयो। उहाँको नाउँ सेनाहरूका परमप्रभु हो।

Interlinear

Choose Theme