तब मैले एकता नाउँको लौरोलाई दुइ टुक्रा पारें मैले यी कुरा साबित गर्नको लागि गरें कि इस्राएल अनि यहूदाको बिचको एकता समाप्त भयो।
Cross references
(यसको तात्पर्य, मनश्शे एप्रैमको विरूद्ध लड्ने छ र एप्रैम मनश्शेको विरूद्ध लड्ने छ। अनि तिनीहरू दुवै यहूदाको विरूद्ध फर्किने छन्।)परमप्रभु अझ सम्म इस्राएल सगँ रिसाउनु भएको छ। परमप्रभु तिनीहरूलाई दण्ड दिन अझ पनि तयार नै हुनुहुन्छ।
त्यसबेला, एप्रैमले यहूदासंग डाह गर्नेछैन। यहूदाले कुनै शत्रुहरू छाडेने छैन। अनि यहूदा एपैमको लागि संकटको कारण बनिने छैन।
“हे मानिसको छोरा! एउटा लौरो ल्याऊ अनि त्यसमा यो वचन लेख ‘यो लौरो यहूदा अनि त्यसको मित्र इस्राएलको मानिसहरूका निम्ति हो।’ त्यसपछि अर्को लौरो ल्याऊ अनि त्यसमा, ‘एप्रैमको यो लौरो, यूसुफ अनि त्यस मित्र इस्राएलको मानिसहरूका निम्ति हो।’
म तिनीहरूलाई इस्राएलको पर्वतहरूको देशमा एउटा राष्ट्र बनाउँछु। उनीहरू सबैको एउटा राजा हुनेछ त्यो दुईवटा राष्ट्रहरू बनिने छैन्। त्यो भविष्यमा राज्यमा बाँडिने छैन्।
त्यसरी मैले ती भेडाहरूको रेखदेख गरें, बिशेष कष्टमा परेका बथान जसलाई मार्नकालागि पालिएको थियो। मैले दुइवटा लौरो लिएँ र मैले एउटा लौरोको नाउँ अनुग्रह राखें र अर्कोको नाउँ एकता अनि मैले भेडाहरूको रेखदेख आरम्भ गरें।
त्यपछि मैले भनें, “म तिमीहरूको हेरचाह गर्दिनँ! म तिमीहरूलाई मर्न दिन्छु जो मर्न चाहन्छन्। अनि तिनीहरू जो ध्वंश हुन चाहन्छन् ध्वंश होऊन्। अनि जो बाँच्छ तिनीहरूले एक-अर्काको मासु खानेछन्।”
त्यसबेला धेरै विश्वासीहरूले आफ्नो विश्वास हराउनेछन्। तिनीहरूले एका-अर्कालाई विरोध गर्नेछन् र एक-अर्कालाई घृणा गर्नेछन्।
यदि कुनै राज्य विभक्त भएर आफ्नै विरूद्ध झगडा गरे, त्यो धेरै दिन चल्न सक्तैन।
जब पावलले त्यसो भने, त्यहाँ फारिसी र सदुकीहरू माझ गहन र्तक शुरु हुन थाल्यो। सभा दलमा विभाजन भयो।
तर आपसमा पिटापिट र च्याताच्यात गर्यो भने, अन्तमा तिमीहरू आपसमै नाश हुने छौ।
यदि तिमीहरू स्वार्थी छौ अनि तिम्रो ह्रदय ईर्ष्या पूर्ण छ भने तिमीले तिम्रो ज्ञान बारेमा गर्व गर्ने केही कारण नै छैन। तिम्रो गर्व गराई झूटो सिवाय केही पनि होइन।
जहाँ इर्ष्या अनि स्वार्थ छ त्यहाँ अव्यवस्थित अनि हरेक किसिमको दुष्टाँई हुन्छन्।
के तिमीहरूलाई तिमीहरूको झगडा र लडाँईको श्रोत थाहा छ? तिमीहरूका झगडा अनि बहसहरू स्वार्थपूर्ण इच्छाहरूबाट आउछ जसले अन्तमा द्वन्द्व मच्चाउँछ,