Home Bibles श्रेष्ठगीत 2:5 · नेपाली बाइबल
श्रेष्ठगीत 2:5 · नेपाली बाइबल

म प्रेम रोगी हुँ यसर्थ मलाई किसमिस र स्याऊहरू खुवाएर सजीव बनाउनु होस्।

Cross references

2 शमूएल 6:19

प्रत्येकलाई रोटी, किशमिश र खजूरको रोटी दिएका थिए। तब सबै मानिसहरू घर फर्के।

2 शमूएल 13:1

दाऊदका अब्शालोम नामका एका छोरा थिए। अब्शालोमकी सानी बहिनी तामार नामकी थिई। तामार असाध्यै राम्री थिई। दाऊदका अर्का एकजना अम्मोन नाउँ गरेको छोरा थियो जसले तामारसँग प्रेम गरेको थियो।

1 इतिहास 16:3

त्यस पछि तिनले हरेक इस्राएली पुरूष र स्त्रीहरूलाई एउटा-एउटा रोटी, केही खजूरका झुप्पा अनि किसमिसहरू दिए।

भजनसंग्रह 4:6

धेरै मानिसहरूले भन्छन्, “हामीलाई कसले परमेश्वरको भलाई देखाऊला? हे परमप्रभु, तपाईंको प्रज्वलित अनुहार हामीलाई देखाउनु होस्!”

भजनसंग्रह 42:1

हे परमप्रभु, जसरि एउटा हरिण खोलाको पानी पिउन तिर्खाएको हुन्छ। त्यसरी नै मेरो आत्मा तपाईंको लागि तिर्खाएको हुन्छ, परमप्रभु।

भजनसंग्रह 63:1

हे परमेश्वर, तपाईं मेरो परमेश्वर हुनुहुन्छ। अनि म तपाईंलाई अत्यन्तै चाहन्छु। मेरो प्राण र शरीर तपाईंको लागि पानी नभएको सुख्खा जमीनमा पनि तपाईंकै निम्ति तिर्खाउँछु।

भजनसंग्रह 63:8

मेरो प्राण तपाईंमा अल्झिन्छ अनि तपाईं मेरो हात समाउनु हुन्छ।

भजनसंग्रह 119:130

कुनै ज्योतिले तिनीहरूलाई बाँच्ने ठीक तरिका देखाए झैं मानिसहरूले तपाईंको शब्दहरू बुझ्न शुरू गरे। तपाईंका वचनले सामान्य भन्दा सामान्य मानिसहरूलाई सम्म बुद्धिमानी बनाउँदछ।

श्रेष्ठगीत 5:8

हे यरूशलेमका तरूणीहरू! म तिमीहरूलाई भन्छु, “यदि तिमीहरूले मेरा प्रेमीलाई भेट्यौ भने भनिदेऊ, म उहाँलाई यति साह्रो प्रेम गर्छु, कि जब उहाँ मसित हुनुहुन्न तब म बिमारी हुन्छु।

श्रेष्ठगीत 7:8

म खजुरको रूखमाथि चढ्नेछु, र त्यसका हाँगाहरू समात्छु। तिम्रा स्तनहरू अङ्गुरको झुप्पा झैं र तिम्रो सासको गन्ध स्याउको बासना झै होऊन्।

यशैया 26:8

तर परमप्रभु, हामी तपाईंको न्यायको बाटो पर्खिरहेका छौं। हाम्रो प्राण तपाईं र तपाईंका नाउँ सम्झेर आनन्दित हुन्छ।

होशे 3:1

त्यसपछि परमप्रभुले मलाई फेरि भन्नुभयो, “गोमेरका धेरै प्रेमीहरू छन्। तर तिमीले उसलाई प्रेम गरिरहनु पर्छ। किन? किनभने तिम्रो व्यवहार परमप्रभुको जस्तो हुनु पर्छ। परमप्रभुले इस्राएलका मानिसहरूलाई माया गर्नु हुन्छ अनि गरिरहनु हुन्छ। तर तिनीहरू चाहिँ अरू देवताहरूलाई पूजा गरिरहन्छन्। अनि तिनीहरू दाखको रोटी खानु रूचाउँछन्।”

लूका 24:32

ती दुइजना आपसमा बात मारे, “जब येशू बाटामा हामीसंग बात गर्नु हूँदै थियो, हामीभित्र आगो जलिरहेको अनुभव गरेका थियौं। यो साँच्चै रोमाँचित भइरहेको थियो जति वेला उहाँले हामीलाई धर्मशास्त्रको साँचो अर्थ खोलिरहनु भएको थियो।”

फिलिप्पी 1:23

जीवन र मरणमा एउटालाई छान्नु गाह्रो छ। म त यो शरीर छोडेर ख्रीष्टसितै रहन चाहन्छु। त्यो धेरै उत्तम हो।

Interlinear

Choose Theme