Home Bibles रूथ 2:23 · नेपाली बाइबल
रूथ 2:23 · नेपाली बाइबल

यसर्थ रूथले बोअजका स्त्री कामदारहरू नजिक रहेर काम गरिरहिन्। तिनले गहुँको बाली कटाइ नसिद्धएसम्म अन्न जम्मा गरिन्। तिनले त्यहाँ गहुँको बाली कटाइको अन्तसम्म पनि काम गरिन्। रूथ आफ्नी सासू नाओमीको साथ बसिन्।

Cross references

व्यवस्था 16:9

“बाली काटून शुरू गरेको समयदेखि तिमीहरूले सात साता गन्नु पर्छ।

रूथ 1:22

यसरी नाओमी अनि तिनकी बुहारी, रूथ (मोआबकी पत्नी) मोआबका खेतहरूबाट फर्किए ती दुइ स्त्रीहरू जौं को बाली कट्ने समयमा बेतेलममा आए।

हितोपदेश 6:6

हे अल्छी मानिस हो, तिमी एक कमिला झैं मेहनती हुनु पर्छ। हेर, कमिलाले कति मेहनत गर्छ, यसर्थ कमिलाबाट सिक।

हितोपदेश 13:1

एक ज्ञानी छोरोले आफ्नो बाबुको कुरा राम्ररी सुन्छ, तर घमण्डी मानिसले हप्काइलाई ग्रहण गर्दैन।

हितोपदेश 13:20

जो ज्ञानीको सँगतमा छ ऊ ज्ञानी हुन्छ। तर जो मूर्खसित मित्रता गर्छ उसले दु;ख पाउँछ।

1 कोरिन्थी 15:33

भ्रममा नपरः “खराब संगतले असल बानी नष्ट गर्छ।”

एफिसी 6:1

बालकहरू हो, प्रभुले चाहेको जस्तो, आफ्ना आमा-बाबुले भनेको मान। त्यो बाहेक, गर्नु पर्ने राम्रो कुरो यही होः

Interlinear

Choose Theme