रूथ 1:4 · नेपाली बाइबल
तिनका छोराहरूले मोआब देशकी स्त्रीहरूसँग बिवाह गरे। एक जनाको पत्नीको नाउँ ओर्पा अनि अर्कोकी पत्नीको नाउँ रूथ थियो। तिनीहरू मोआबमा लग-भग दशवर्ष बसे।
Cross references
व्यवस्था 7:3
ती देशका मानिसहरूसित तिमीहरू तथा तिम्रा छोरा-छोरीहरूको वैवाहिक सम्बन्ध हुन नदेऊ।
व्यवस्था 23:3
“अम्मोनी र मोआबी तथा तिनीहरूका सन्तानले दश पुस्तासम्म परमप्रभुको सभामा इस्राएल बासीहरूसँग सम्मिलित हुन सक्तैनन्।
1 राजा 11:1
राजा सुलेमान आइमाईहरूलाई माया गर्दथे। इस्राएल राष्ट्रका नभएतापनि उनी धेरै आइमाईहरूलाई माया गर्दथे। तिनीहरूमा फिरऊन की छोरी, हित्ती आइमाईहरू अनि मोआब, अम्मोन, एदोम र सीदोनका आइमाईहरू थिए।
नहेम्याह 13:23
ती दिनहरूमा मैले अश्दोद, अम्मोन अनि मोआबका स्त्रीहरूलाई विवाह गर्ने यहूदाका केही मानिसहरूलाई देखें।
मत्ती 1:5
सल्मोन बोअजका पिता थिए। (बोअजकी आमा राहाब थिइन्।) बोअज ओबेदका पिता थिए। (ओबेदकी आमा रूथ थिईन्)। ओबेद यस्सीका पिता थिए।