Home Bibles ☰ Books रूथ 1:19 · नेपाली बाइबल
रूथ 1:19 · नेपाली बाइबल

नाओमी र रूथ बेतलेहेम शहर आई नपुगेसम्म यात्रा गरे। जब ती दुई स्त्रीहरूले बेतलेहेममा प्रवेश गरे सबै मानिसहरू अत्यन्त उत्साहित भए। तिनीहरूले भने, “के यो नाओमी हो?”

Cross references

रूथ 2:6

ती नोकरले उत्तरदिए, “यी मोआबी स्त्री हुन जो मोआबको खेतहरूबाट नाओमीसित आएकी छिन्।

1 इतिहास 2:51

बेतलेहेमका संस्थापक सल्मा अनि बेत-गादेरका संस्थापक हारेप थिए।

यशैया 23:7

अतीतमा तिमीहरूले सोरको शहरमा आनन्द गर्यौ। त्यो शहर शुरूदेखि नै बढिरहेकोछ। त्यस शहरका मानिसहरू व्यवस्थित हुनको लागि धेरै टाढा यात्रा गरेकाछन्।

विलाप 2:15

त्यो बाटो हिड्ने कुनै पनि मानिसले, अचम्मले थप्पडी मार्छन्। तिनीहरूले यरूशलेमका छोरीलाई सिट्टी बजाउँछन् र टाउको हल्लाउँछन्। उनीहरूले सोध्छन, “के जुन शहरलाई मानिसहरूले ‘परम सुन्दर शहर’ र ‘सारा पृथ्वीको आनन्द भन्ने गर्थे, यही शहर हो?’”

मत्ती 21:10

त्यसपछि येशू यरूशलेमभित्र प्रवेश गर्नु भयो। सम्पूर्ण शहरबासि अचम्मित भए। तिनीहरूले सोधे, “यो को हो?”

Interlinear

Choose Theme