बेतलेहेमका संस्थापक सल्मा अनि बेत-गादेरका संस्थापक हारेप थिए।
Cross references
राहेललाई एप्रात जाने बाटोमा नै गाडियो। (एप्रात नै बेतलेहेम हो)।
धेरै अघि न्यायकर्त्ताहरूले शासन गरेको समयमा त्यहाँ नराम्रो समय थियो जब खानका निम्ति पर्याप्त खाद्य थिएन। एलीमेलेक नाउँका एक व्यक्तिले बेतलेहेम, यहूदा छाडे। तिनी, तिनकी पत्नी अनि दुइजना छोराहरू मोआबको पार्वत्य देशमा बसाँई सरेर गए।
नाओमी र रूथ बेतलेहेम शहर आई नपुगेसम्म यात्रा गरे। जब ती दुई स्त्रीहरूले बेतलेहेममा प्रवेश गरे सबै मानिसहरू अत्यन्त उत्साहित भए। तिनीहरूले भने, “के यो नाओमी हो?”
पछि, बोअज बेतलेहेमबाट खेतमा आए। तिनले काम गर्नेहरूलाई अभिवादन गरे। तिनले भने, “परमप्रभु तिमीहरूका साथ रहून्।”अनि कामदारहरूले उत्तर दिए, “परमप्रभुले तपाईलाई आशिष दिऊन्।”
यसर्थ समस्त मानिसहरू अनि अगुवाहरू जो शहरद्वारको छेउमा थिए, साक्षी भए। तिनीहरूले भने,“मेरो परमप्रभुले यो स्त्रीलाई, जो तिम्रो घरमा आउँदै छिन्, तिनलाई राहेल अनि लेआ जस्तै तुल्याउन्। जसले इस्राएलको वंश निर्माण गरे। तिमी इस्राएलमा शक्तिशालि बन। बेतलेहेममा प्रसिद्ध बन।”
पनूएल गदोरका पिता थिए अनि एजेर हूशका पिता थिए।यी हूरका छोराहरू थिए। हूर एप्रातका जेठा छोरा थिए अनि एप्रात बेतलेहेमका संस्थापक थिए।
यहूदिया भन्ने ठाउँको बेतलेहेम शहरमा येशूको जन्म भएको थियो। हेरोद राजा भएकोबेलामा उहाँको जन्म भएको थियो। जब येशूको जन्म भयो केही ज्योतिषीहरू पूर्वबाट यरूशलेममा आए।
‘ए बेतलेहेम, यहूदाको मुलुक, तँ यहुदाका शासकहरूका माझ महान छस्। हो, तँबाट एकजना शासक आउनेछन् जो मेरो मानिस, इस्राएलको रखवाल गर्नेछन्।”‘
धर्मशास्त्र अनुसार ख्रीष्ट दाऊदको परिवारबाट आउनेछन्। अनि अझ धर्मशास्त्रले भन्दछ कि ख्रीष्ट बेतलेहेमबाट आउनेछन्, त्यो शहर जहाँ दाऊद बस्थे।”