Home Bibles मत्ती 19:22 · नेपाली बाइबल
मत्ती 19:22 · नेपाली बाइबल

तर यो कुरा सुनेर त्यो जवान मानिस खुबै निराश भयो किनभने त्यो धनी मानिस थियो। यसर्थ ऊ येशूलाई छोडेर गइहाल्यो।

Cross references

न्यायकर्ता 18:23

मीकासित भएका मानिसहरूले दानका मानिसहरूलाई कराउँदै थिए। दानका मानिसहरू फर्किए तिनीहरूले मीकालाई भने, “के कष्ट पर्यो? तिमीहरू किन कराइरहेको छौ?”

भजनसंग्रह 17:14

हे परमप्रभु, तपाईंको शक्ति प्रयोग गर्नुहोस् र दुष्ट मानिसहरूलाई यस धर्तीमा बस्ने प्राणीहरूबाट हटाउनुहोस्। हे परमप्रभु, प्रशस्त मानिसहरू तपाईं कहाँ सहायता माग्न आउँछन्। ती मानिसहरूको यो जीवनभित्र प्रचुर केही पनि छैन। ती मानिसहरूलाई प्रशस्त खानेकुरा दिनु होस्। तिनीहरूका नानीहरूलाई चाहे जति सबै दिनुहोस्। ती नानीहरूलाई यति प्रशस्त खानेकुराहरू दिनुहोस्, तिनीहरूका भावी सन्तानलाई पनि पुगोस्।

इजकिएल 33:31

यसकारण उनीहरू तिमीकहाँ त्यसरी नै आउँछन् जसरी मेरो मानिसहरू आउँछन्। उनीहरू तिम्रो छेउमा मेरो मानिसहरू जस्तै बस्छन्। उनीहरूले तिम्रो सन्देश सुन्छन् तर उनीहरूले त्यो गर्दैनन् जुन तिमीले भन्छौ। उनीहरू त्यो मात्र भन्न चाहन्छन् जुन अनुभव गर्दा राम्रो हुन्छ। उनीहरू मानिसहरूलाई धोका दिन चाहन्छन् अनि अधिक धन कमाउँन चाहन्छन्।

दानियल 6:14

जब राजाले यो खबर सुने तिनी अत्यन्तै दुखी भए, लगत्तै उनले दानियललाई बँचाउने चेष्टा गरे। उनले सूर्यास्त नहुञ्जेलसम्म दानियललाई बचाउँने चेष्टा गरे।

मत्ती 6:24

‘कसैले पनि दुई मालिकको सेवा एकै समयमा गर्न सक्दैन। उसले एउटालाई घृणा र अर्कोलाई प्रेम गर्नेछ। अथवा त्यो एउटासित झुक्नेछ, र अर्कोलाई तुच्छ गन्नेछ। यसैले एउटै समयमा एकै साथमा तिमीहरूले परमेश्वर र धनको चाकरी गर्न सक्दैनौ।

मत्ती 13:22

अनि काँडाहरूमा छरिएको बीऊहरू चाहिं के हुन्? ती बीऊहरू ती मानिसहरू जस्तै हुन् जसले उपदेश सुन्दछन् तर जीनवको विषयमा बढता फिक्री गर्छन् अनि पैसाको प्रेमले तिनीहरूले सुनेको उपदेश निस्सासिन्छ। यसले गर्दा उपदेशले फलफलाउन सक्दैन।

मत्ती 14:9

राजा हेरोद खूबै दुखी भए। तर छोरीले जे चाहन्छे त्यो उसलाई दिने शपथ उनले लिएका थिए। अनि हेरोदसँगै खाने मेचमा बसेका मानिसहरूले पनि यो (शपथ) सुनेका थिए। उसले आफ्नी छोरीले चाहेको कुरा ल्याउने आदेश दिए।

मत्ती 16:26

यदि कुनै मानिसले सबै संसार हात पर्छ तर आफ्नै जीवन गुमाउँछ भने उसलाई के लाभ हुन्छ? आफ्नो जीवन प्राप्त गर्नलाई कुनै मानिसले के दिनसक्छ?

मर्कूस 6:26

राजा हेरोद खूबै दुःखीत भए। तर छोरीले मागेको जे चीजपनि पूरा गर्न उस्ले शपथ खाएको थियो। अनि खाना खान बसेका मानिसहरूले उसले भनेका यी सबै कुरा सुनेका थिए। यसैले उसले मागेको कुरा अस्वीकार गर्न हेरोदले चाहेनन्।

मर्कूस 10:22

जब त्यस मानिसले येशूबाट यी सबै कुरा सुन्यो उसको अनुहार अँध्यारो भयो। त्यो मानिस दुःखी बन्यो, किनभने त्यो खुबै धनी थियो आफ्नो धन गुमाउन चाहदैन्थ्यो।

लूका 18:23

तर जब उसले यी कुराहरू सुन्यो ऊ अत्यन्त दुःखी भयो किनभने त्यो मानिस साह्रै धनी थियो।

यूहन्ना 19:12

त्यसपछि, पिलातसले येशूलाई मुक्त पार्ने कोशिश गरे। तर यहूदीहरूले तिनलाई कराउँदै भने, “कसैले आफैलाई राजा बनाउँछ भने त्यो सिजर वोरधी हो। यसर्थ उसलाई तपाईं छुटकारा दिनु हुन्छ भने तपाईं सिजरको मित्र हुनु हुन्न।”

एफिसी 5:5

यसमा निश्चय होऊः यदि तिनीहरूले यौन अपराध गरे अथवा बेइमान्दारी बने आफ्नै निम्ति लोभी बने भने ख्रीष्ट औ परमेश्वरको राज्यमा तिमीहरूले ठाउँ पाउने छैनौ। लोभी चाँहि मूर्तिपूजक हो।

कलस्सी 3:5

यसकारण सबै कुकर्महरूलाई आफ्नो जीवनदेखि पन्छाइदेऊ-जस्तो व्यभिचार, अशुद्धता, कुइच्छा लोभ जुन मूर्ति पूजा जस्तै हो।

Interlinear

Choose Theme