हामी तिनै मानिसहरू हौं। परमेश्वरले हामीलाई यहूदी र गैर-यहूदी दुवै सम्प्रदायबाट चुन्नु भएको छ।
Cross references
यहूदाको परिवारबाट राजाहरू हुनेछन्। राजत्वको प्रतीक यस परिवारबाट हराउने छैन जबसम्म एकजना वास्तविक राजा आउनु हुँदैन।तब उनको आज्ञाहरू पालन गर्न र उहाँलाई सेवा पुर्याउनु धेरै मानिसहरू आउनेछन्।
टाढा-टाढा भएका जातिका मानिसहरूले परमप्रभुलाई सम्झून् र उहाँतिर फर्केर आऊन्! विदेशीहरूका परिवारहरूले पनि, उहाँ अघि दण्डवत् गरून् र उहाँको पूजा गरून्।
यही नै परमप्रभुले हामीलाई गर्नु भनि आज्ञा गर्नु भएकोछ।परमप्रभुले भन्नुभयोः‘मैले तिमीहरूलाई अन्य जातिको लागि ज्योति बनाएकोछु, ताकि तिमीहरूले मुक्तिको मार्ग सारा संसारमा देखाउन सक्छौ।”‘
शिमोनले तिमीहरूलाई कसरी परमेश्वरले गैर-यहूदीहरूलाई आफ्नो प्रेम प्रकट गर्नु भयो सोही कुरा बताए। प्रथम पल्ट परमेश्वरले गैर-यहूदीहरूलाई ग्रहण गर्नुभयो अनि तिनीहरूलाई आफ्नो मानिस बनाउनु भयो।
यरूशलेममा विश्वासीहरू हामीलाई देखेर अत्यन्त खुशी भए।
परमेश्वर यहूदीहरूका मात्र परमेश्वर हुनुहुन्न। उहाँ गैर-यहूदीहरूका पनि परमेश्वर हुनुहुन्छ।
परमेश्वरले स्वीकार गर्नुभयो भनेर देखाउनाका लागि अब्राहामले पछि खतना गरे। परमेश्वरले स्वीकार गरेको देखाउनका लागि उनले आफ्नो खतना परमेश्वरको अगाडी विश्वास गरेको प्रमाणित गरे। यसैले अब्राहाम सबैका पिता हुन जसलाई खतना नगरेकाहरूले पनि विश्वास गर्दछन्। जसले विश्वास गर्दछ उसलाई पनि धर्मीको रूपमा ग्रहण गरिने छ।
हामी जान्दछौं कि परमेश्वरले प्रत्येक कुरामा तिनीहरूको भलाईको लागि गर्नुहुन्छ जसले उहाँलाई प्रेम गर्दछ। ती मानिसहरू हुन् जसलाई परमेश्वरले बोलाउनु भयो किनभने त्यो उहाँकै योजना थियो।
किनभने यहूदी र गैर-यहूदीहरूमा भिन्नता छैन। उहाँनै परमप्रभु सबैका लागि प्रभु हुनुहुन्छ। ज-जसले उहाँमा विश्वास राख्दछ ती सबैलाई उहाँ पूर्ण आशिष दिनुहुन्छ।
त्यसैले म सोध्छु जब यहूदीहरूले ठोक्कर खाए, त्यस ठोक्करले के ती ध्वंश भए? भएनन्। तिनीहरूको गल्तीले गैर-यहूदीहरूलाई मुक्ति प्रदान गर्यो र यहूदीहरूलाई इर्ष्यालु बनायो।
म तिमीहरूलाई भन्दछु कि परमेश्वरको विश्वासनीयताको निम्ति र यहूदी पुर्खाहरूलाई आफूले दिनुभएको प्रतिज्ञालाई पक्का गर्नका निम्ति ख्रीष्ट यहूदीहरूका सेवक बन्नु भयो।
परमेश्वर विश्वास योग्य हुनुहुन्छ। एक उनै हुन् जसले तिमीहरूलाई आफ्ना पुत्र येशू ख्रीष्ट, हाम्रा प्रभुसित संगत गर्नु बोलाउनु भएकोछ।