एकजना मानिसको पापले गर्दा मृत्युले सबैमाथि राज गर्यो। यसकारण जसले परमेश्वरको पूर्ण अनुग्रह र उहाँको धार्मिकताको महान उपहार स्वीकार गर्छन् तिनीहरूले सत्य जीवन पाउँछन् र एक मात्र येशू ख्रीष्टद्वारा शासित हुन्छन्।
Cross references
तब त्यो स्त्रीले त्यस रुखको फल हेर्नमा राम्रो र खानमा पनि असल बुझिन् कारण त्यस रुखको फलले ज्ञान दिन्थ्यो त्यस रुखबाट केही फलहरु टिपेर खाई अनि आफूसंग भएको मानिसलाई पनि खान दिई र उसले पनि खायो।
तिमीले आफ्नो आहारको निम्ति आफ्नो अनुहार पसीनाले छ्याप्-छ्याप्ती नहुञ्जेलसम्म मेहनत गर्नु पर्नेछ,मरुञ्जेलसम्म नै तिमीले मेहनत गर्नु पर्नेछ। त्यसपछि तिमी फेरि माटोमा मिल्नेछौ। मैले तिमीलाई बनाउँदा माटोको प्रयोग गेरको थिएँ र जब तिमी मर्ने छौ फेरि माटोमा मिल्नेछौ।”
“परमप्रभुले मलाई अत्यन्त खुशी पार्नुभयो। म सम्पूर्णमा परमेश्वरमा खुशी मनाउँनेछु। परमेश्वरले उद्धारको पोषाक मलाई लगाइदिनुभयो। ती पोषाकहरू अत्यन्तै सुन्दर छन् जुन विवाहको उपलक्ष्यमा मानिसहरू लगाउँछन्। परमप्रभुले धार्मिकताको पोषक मलाई लगाई दिनुभयो त्यो पोषक स्त्रीहरूले विवाहमा लगाउने जस्तो सुन्दर छ।
“राजाले आफ्नो दाहीने पट्टि बसेकाहरूलाई भन्नु हुनेछ, ‘आऊ, मेरो पिताले तिमीहरूलाई धेरै आर्शिवाद दिनुभएको छ। आऊ र परमेश्वरले तिमीहरूको लागि प्रतिज्ञा गर्नु भएको राज्य ग्रहन गर। सृष्टिको शुरूदेखि नै यो तिमीहरूको निम्ति तयार गरिएको थियो।
एक चोर चोर्न, मार्न र ध्वंस गर्न मात्र आउँदछ। तर म जीवन-दान गर्न आएँ-त्यस्तो जीवन जुन पूर्ण र असल छ।
पाप संसारमा एकजना मानिसको कारणले आएको हो। अनि पापसँग मृत्यु पनि आयो। यसैले गर्दा सबै मानिसहरू मर्नै पर्ने भयो, किनभने सबैले पाप गरेका छन्।
पाप बढला कि भनेर व्यवस्था बनियो। तर जति पाप बढदै गयो परमेश्वरको अनुग्रह अझै धेरै बढदै गयो।
जब मानिसहरूले पाप गर्दछन्, तिनीहरूले पापको ज्याला कमाउँछन् जो चाँहि मृत्यु हो। तर परमेश्वरले आफ्ना मानिसहरूलाई मूल्य रहित उपहार दिनु हुन्छ जुन हाम्रा ख्रीष्ट येशू प्रभुमा अनन्त जीवन हो।
कुराले न त कुनै माथिका वा तलका शक्तिले न त सारा संसारको कुनै अरू सिर्जित कुराले हाम्रो परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछ जो हाम्रा प्रभु ख्रीष्ट येशूमा छ।
तिमीहरू संझन्छौ तिमीहरूलाई जे चाहिन्छ तिमीहरू सम्पन्न छौ अनि हामी बिनै तिमीहरू राजा भएका छौ। म आशा गर्छु तिमीहरू साँच्चै राजाहरू हुन्थ्यौ।
एउटा मानिसको कारण्ले पनि मानिसहरूमा मृत्यु आएको हो। यसर्थ एउटै मानिस को कारणले पनि मृत्युबाट बौराई आयो।
जसरी हामीहरू पृथ्वीका मानिस जस्तै बनाइयौं त्यसैले हामी स्वर्गका त्यो मानिस बनिनुको पनि बदली गराइन्छौ।
अनि यसले मलाई ख्रीष्ट अप्नाउन दियो। ख्रीष्टमा म धार्मिक छु, तर यो उपयुक्त नियम पछ्याएकोले होइन। यो परमेश्वरमा विश्वासको माध्यमद्वारा आउँछ। परमेश्वरले मलाई धार्मिक बनाउनु ख्रीष्टमा मेरो विश्वासलाई प्रयोग गर्नुभयो
तर मैले पूर्णरूपले उहाँको अनुग्रह पाएँ। अनि त्यही अनुग्रहसित ख्रीष्ट येशूमा प्रेम अनि विश्वास पाएँ।
यदि हामीले दुःख र कष्ट सह्यौ भने हामी उहाँसितै शासन गर्नेछौं। यदि हामीले उहाँलाई स्वीकार्न अस्वीकार गर्यौं भने उहाँले पनि हामीलाई स्वीकार गर्न अस्वीकार गर्नु हुनेछ।