Home Bibles रोमी 3:6 · नेपाली बाइबल
रोमी 3:6 · नेपाली बाइबल

होइन! यदि परमेश्वरले हामीलाई दण्ड दिन सक्नु भएन भने, उहाँले संसारलाई न्याय गर्न सक्नु हुन्न।

Cross references

उत्पत्ति 18:25

साँच्ची नै, तपाईंले शहर नष्ट पार्नु हुनेछैन। दुष्ट मानिसहरूलाई सर्वनाश पार्दा ती पचास जना मानिसहरूलाई ध्वंश पार्नु हुँदैन। यदि त्यस्तो भयो भने दुष्ट र राम्रा मानिसहरू एकै हुन्छन दुवै वर्गले सजाय भोग्ने छन् निश्चय ब्रमाण्डका न्यायधिशले जे सही छ त्यही गर्नुहुन्छ।”

अय्यूब 8:3

परमेश्वर सदा निष्पक्ष हुनुहुन्छ। सर्वशक्तिमान परमेश्वरले ती कुराहरू कहिल्यै बदूलनु हुन्न जुन ठीक छन्।

अय्यूब 34:17

कुनै मानिस जसले निष्पक्ष मन पराउँदैन शासक हुन सक्तैन। अय्यूब के तिमी उहाँको दोषलाई न्याय गर्नु सक्छौ? परमेश्वर बलियो र धर्मी हुनुहुन्छ।

भजनसंग्रह 9:8

परमप्रभुले यस पृथ्वीका सबैलाई निष्पक्ष न्याय गर्नुहुन्छ। उहाँले सबै जातिहरूलाई एक समान न्याय गर्नुहुन्छ।

भजनसंग्रह 11:5

परमप्रभुले धर्मीहरूलाई खोज्नु हुन्छ तर निर्दयी र दुष्टहरूलाई घृणा गर्नुहुन्छ।

भजनसंग्रह 50:6

परमेश्वर न्यायी हुनुहुन्छ र आकाशले उहाँको धार्मिकता प्रकट गर्नेछ।

भजनसंग्रह 96:13

खुशी बन किनभने परमप्रभु संसारमा “राज” गर्न आइरहनु भएको छ। उहाँले पक्षपात नगरी संसारमा न्याय गर्नु हुनेछ।

भजनसंग्रह 98:9

हे नदीहरू, आफ्ना हातहरूले थप्पडी मार! पर्वतहरू सबै एकैसाथ आनन्दको गीत गाऔं। परमप्रभुको सम्मुख गाऊ किनभने उहाँ संसारमा राज गर्न आइरहनु भएको छ। उहाँले संसारमा न्यायपूर्वक राज गर्नु हुनेछ। उहाँले धार्मिकतासित मानिसहरूमाथि राज गर्नुहुनेछ।

प्रेरित 17:31

तिनीहरूले उसलाई भने, “प्रभु येशूमा विश्वास गर तब तिमी र तिम्रो घरका मानिसहरूले मुक्ति पाउनेछन्।”

रोमी 2:16

यी सम्पूर्ण कुराहरू त्यस दिनमा मात्र हुने गर्दछ जब परमेश्वरले मानिसहरूका हृदयका गुप्त कुराहरूको न्याय गर्नुहुनेछ। अनि जुन सुसमाचार म प्रचार गर्दछु, यसले यही भन्छ कि परमेशवरको न्याय ख्रीष्ट येशू द्वारा हुनेछ।

Interlinear

Choose Theme