Home Bibles रोमी 2:14 · नेपाली बाइबल
रोमी 2:14 · नेपाली बाइबल

गैर-यहूदीहरूसँग व्यवस्थानै छैन। तर जब उनीहरूले व्यवस्था अनुरूपका कुराहरू स्वभावतः गर्छन् भने तिनीहरूसँग व्यवस्था नभए ता पनि व्यवस्था भएकै बराबर हो।

Cross references

व्यवस्था 4:7

“जब हामी सहायता माग्छौ परमप्रभु हाम्रा परमेश्वर हाम्रै नजिकमा हुनुहुन्छ र यस्ता ईश्वर अन्य कुनै राष्ट्रमा छैनन्।

भजनसंग्रह 147:19

परमेश्वरले आज्ञाहरू याकूबलाई दिनुभयो, परमेश्वरले आफ्ना नियमहरू र कानूनहरू इस्राएल लाई दिनुभयो।

प्रेरित 10:35

अनि हरेक राष्ट्रमा परमेश्वरले त्यसलाई स्वीकार गर्नुहुन्छ, जसले उहाँको आराधाना गर्छ अनि जे सही छ त्यो गर्छ।

प्रेरित 14:16

बितेका दिनहरूमा उहाँले सबै जातिहरूलाई आफ्नो इच्छा अनुसार बाँच्न दिनुभयो

प्रेरित 17:30

त्यसपछि तिनीहरूलाई बाहिर निकाल्यो अनि भन्यो, “महोदयहरू! मुक्ति पाउनलाई मैले के गर्नु पर्ला?”

रोमी 1:19

परमेश्वरले आफ्नो क्रोध देखाउनुभयो, किनभने उहाँको बारेमा जान्नुपर्ने प्रत्येक कुरो परमेश्वरले स्पष्टसित देखाइदिनु भएकोछ। हो, उहाँले आफ्नो बारेमा सबै कुराहरू स्पष्ट बताई दिइसक्नु भएकोछ।

रोमी 1:32

तिनीहरूले परमेश्वरको धार्मिक विधान जान्दछन्। त्यस्ता मानिसहरू मर्नै पर्छ भन्ने परमेश्वरको नियम तिनीहरू जान्दछन्। तथापि तिनीहरूले ती गल्ती कामहरू गरी मात्र रहेनन् तर अरूले त्यसो गरेको पनि ठीकै ठाने।

रोमी 2:12

जस-जसले व्यवस्था बिना पापकर्म गरेकाछन् तिनीहरू व्यवस्था बिना नै नाश हुनेछन्। जसले व्यवस्था पाएर पनि पाप कर्महरू गर्छन् तिनीहरूको न्याय व्यवस्था अनुसार नै गरिने छ।

रोमी 2:27

तिमी यहूदीहरूसँग लिखित व्यवस्था र खतना छ, तर तिमीहरूले व्यवस्था भङ्ग गर्यौ। यसकारण ती मानिसहरू जसको शारीरिक खतना भएको छैन, तर तिनीहरूले व्यवस्थालाई मान्दछन्, यसले तिमीहरू दोषी भएको देखाउँदछ।

रोमी 3:1

यसकारण के यहूदीहरूमा अन्य गैर-यहूदीहरूमा नभएको कुरा छ त? खतनामा के विशेषता छ?

1 कोरिन्थी 11:14

लामो केश राख्नु पुरुषको निम्ति शरमको कुरो हो भन्ने कुरो प्रकृति धरिले हामीलाई सिकाउँछ।

एफिसी 2:12

याद रहोस्, बितेका दिनहरूमा तिमीहरू ख्रीष्टबाट अलग थियौ। तिमीहरू इस्राएलका नागरिक थिएनौ। अनि प्रतिज्ञाको अनुवन्ध तिमीहरूसित थिएन जुन परमेश्वरले उहाँका मानिसहरूसित गर्नुभएको थियो। तिमीहरू आशा बिनाको संसारमा बाँचेका थियौ र तिमीहरूले परमेश्वरलाई चिन्दैन थियौ।

फिलिप्पी 4:8

दाज्यू-भाइहरू र दिदी-बहिनीहरू हो, जुन-जुन कुराहरू अति राम्रा र प्रशंसा गर्न लायकका छन् त्यसै बारे सोच। जुन-जुन कुराहरू सत्य र माननीय पवित्र र उचित, सुन्दर र आर्कषणीय छन् तिनैको मात्र विचार गर।

Interlinear

Choose Theme