“जब हामी सहायता माग्छौ परमप्रभु हाम्रा परमेश्वर हाम्रै नजिकमा हुनुहुन्छ र यस्ता ईश्वर अन्य कुनै राष्ट्रमा छैनन्।
Cross references
म पर्वतबाट ती मानिसहरूलाई देख्छु, म तिनीहरूतिर अग्लो पर्वतबाट हेर्छु, तिनीहरूले एकान्तमा बस्छन्, तिनीहरू आफैलाई जातिहरू मध्येको एक जाति भनी सोच्दैनन्।
परमेश्वरले याकूबका मानिसहरूमा कुनै त्रुटी पाउनु भएन, इस्राएलका मानिसहरूमा परमेश्वरले पाप देख्नु भएन। परमप्रभु तिनीहरूका परमेश्वर हुनुहुन्छ, अनि उहाँ तिनीहरूको साथ हुनुहुन्छ। ती महान राजा तिनीहरूसित हुनुहुन्छ।
हामीहरू जस्तै कुनै मानिसले पनि जीवित परमेश्वरलाई आगोद्वारा कुरा गरेको देखेपछि बाँचिरहेको सुनेको छैन।
हे इस्राएल! तिमीले आशीर्वाद पाएका छौ, अरू कुनै जाति तिमी जस्तो छैन। परमप्रभुले तिमीलाई जोगाउनु भयो। परमप्रभु तिमीलाई सुरक्षित राख्ने बलियो ढाल जस्तो हुनु हुन्छ। परमप्रभु शक्तिशाली तरवार जस्तो हुनु हुन्छ। तिम्रा शत्रुहरू तिमीसँग डराएका हुनेछन् अनि तिमीले तिनीहरूका पवित्रस्थानहरू कुल्चिने छौ।”
“तपाईंका मानिसहरू जस्ता इस्राएल र त्यहाँ पृथ्वीमाथि अर्को जाति छैन। तिनीहरू विशेष मानसिहरू हुन्। तिनीहरू दास दासी थिए। तर तपाईंले मिश्रबाट बाहिर ल्याएर स्वतन्त्र बनाइदिनु भयो। तिनीहरूलाई तपाईंका मानिस बनाउनको निम्ति अनि तपाईंको आफ्नै नाउँ बनाउनका निम्ति। आफ्ना मानिसहरू अनि भूमिको खातिर तपाईंले महान भए योग्य कार्यहरू गर्नु भयो।
जब कष्टले सताँउछ केही मानिसहरू नम्र हुन्छन्। परमप्रभु तिनीहरूको नजिक हुनुहुन्छ। अनि उहाँले तिनीहरूलाई बचाउनु हुन्छ।
परमेश्वर हाम्रो बलको भण्डार हुनुहुन्छ। संकटको बेला उहाँबाट हामी सधैं सहयोग पाउन सक्छौं।
म परमेश्वर कहाँ आएँ अनि त्यो मेरो लागि हितकारी भयो। मैले परमप्रभु परमेश्वरलाई मेरो सुरक्षित ठाउँ बनाएँ। परमेश्वर, म तपाईंकहाँ, तपाईंले गर्नु भएका सबै थोकहरू बताउन आएँ।
जसले परमप्रभुको साथ माग्छ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ। जसले परमप्रभुलाई साँच्चो मनले पूज्दछ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ।
परमेश्वरले आफ्ना मानिसहरूलाई बलियो बनाउनु हुनेछ। मानिसहरूले परमेश्वरका चेलाहरूको प्रशंसा गर्नेछन्। मानिसहरूले इस्राएल लाई प्रशंसा गर्नेछन्। तिनीहरूकै लागि परमेश्वरले लड्नु भयो। परमप्रभुको प्रशंसा गरौं!
तिमी मेरो निम्ति अत्यन्त मुख्य छौ। यसकारण म तिम्रो सम्मान गर्छु। म तिमीलाई प्रेम गर्छु र तिम्रोलागि सारा मानिसहरू एवं जातिहरू प्रदान गर्नेछु ताकि तिमी बाँच्न सक।”
यसैले तिमीहरूले परमप्रभुलाई खोज्नु पर्छ एकदमै ढिलो हुनु अघि नै। तिमीहरूले उहाँलाई अहिले नै बोलाइहाल्नु पर्छ उहाँ नजिक भएको बेला।
याद रहोस्, बितेका दिनहरूमा तिमीहरू ख्रीष्टबाट अलग थियौ। तिमीहरू इस्राएलका नागरिक थिएनौ। अनि प्रतिज्ञाको अनुवन्ध तिमीहरूसित थिएन जुन परमेश्वरले उहाँका मानिसहरूसित गर्नुभएको थियो। तिमीहरू आशा बिनाको संसारमा बाँचेका थियौ र तिमीहरूले परमेश्वरलाई चिन्दैन थियौ।
परमेश्वरको नजिक आऊ अनि परमेश्वर तिमीहरूको नजिक आउनु हुनेछ। तिमीहरू पापी हौ। यसर्थ तिमीहरूको जीवनदेखि पाप धोउ। जब तिमीहरू दुवै परमेश्वरको अनि संसारको सेवा गर्छौ तिमीहरूको दुइवटा मन छ। यसर्थ तिमीहरूको विचार शुद्ध तुल्याऊ।