Home Bibles 1 तिमोथी 3:2 · नेपाली बाइबल
1 तिमोथी 3:2 · नेपाली बाइबल

अगुवा खुबै असल मानिस हुनुपर्दछ ताकि कसैले पनि उसको आलोचना गर्न नसकोस्। उसको एउटै मात्र पत्नी हुनुपर्छ। ऊ आत्मनियंत्रित र बुद्धिमानी हुनु पर्छ। ऊ अरूबाट सम्मानीत हुनुपर्छ। उ मानिसहरू प्रति सत्कारशील हुनुपर्छ। ऊ एक असल शिक्षक हुनुपर्छ।

Cross references

यशैया 56:10

पहरादारहरू सबै अन्धा छन्। के गरिरहेका छन तिनीहरू स्वयं जान्दैनन्। तिनीहरू नभुक्ने कुकुरहरू जस्ता छन त्यसले भुक्दैनन्। तिनीहरू भूइँमा सुत्छन्। अहो! तिनीहरू सुत्न मन पराउँछन्।

लूका 1:6

ती दुवै जकरिया र इलीशिबा परमेश्वर समक्ष असल मानिस थिए। जहाँ सम्म परमप्रभुको जम्मै आज्ञा र नियमहरूको सम्बन्ध छ तिनीहरू निष्कलंक थिए।

रोमी 12:13

परमेश्वरका मानिसहरूले सहायता खोजेको देखे आफूमा भएको कुरो बाँड र सहायता देऊ। अनि मानिसहरूलाई आफ्नो घरमा स्वागत गर।

फिलिप्पी 2:15

तब तिमीहरू दुष्ट मानिसहरू समक्ष निर्दोष, परिपूर्ण परमेश्वरका निष्कलंकित नानीहरू, संसारमा चम्कने तारा झैं हुनेछौ।

1 तिमोथी 3:10

त्यस्ता मानिसहरूलाई अधिबाटै जाँच। यदि तिनीहरूमा कुनै गलत कुरा छैन भने तिनीहरूले विशेष सहायकहरूको रूपमा काम गर्न सक्छन्।

1 तिमोथी 4:3

ती व्यक्तिहरूले मानिसहरूलाई विवाह गर्न अनि कुनै-कुनै खाने कुराहरू खान दिंदैनन्। तर सबै खानेकुराहरू परमेश्वरले सृष्टि गर्नुभएको हो। यसकारण, जसको विश्वास छ अनि जसले सत्य जान्दछ तिनीहरूले धन्यवाद सहित ती खान सक्छन्।

1 तिमोथी 5:9

विधवाहरूको सूचीका निम्ति कुनै पनि विधवा 60र्वष वा त्यस भन्दा अधिक उमेरको हुनुपर्छ। उसका एउटै मात्र पति भएको हुनुपर्छ।

2 तिमोथी 2:24

प्रभुको सेवकले झगडा गर्नु हुँदैन। उसले सबैप्रति दयालु हुनु पर्छ। प्रभुको सेवक असल शिक्षक हुनुपर्छ। उ सहनशील हुनुपर्छ।

तीतस 1:6

धर्म-गुरू यस्तो मानिस हुनुपर्छ जो गलत जीवन बिताइरहेको अभियुक्त नहोस्। उसको एउटै मात्र पत्नी हुनु पर्छ। उसका केटाकेटीहरू विश्वासी हुनु पर्छ, असभ्य जीवन बाँचेको वा आज्ञाकारी नभएको अभियुक्त हुनु हुँदैन।

तीतस 2:2

पाका मानिसहरूलाई आत्मा संयमी, गंभीर र ज्ञानी बन्ने कुरा सिकाऊ। तिनीहरू विश्वासमा, प्रेममा र धैर्यमा दृढ बन्नुपर्छ।

हिब्रू 3:14

हामी सबै ख्रीष्टका सहभागी छौं हामीले शुरूमा पाएको विश्वास अन्त सम्म थामिरह्यौं भने यो सत्य रहने छ।

हिब्रू 13:2

मानिसहरूलाई अतिथी सत्कार दिएर सहायता गर्न कहिल्यै नभुल। यसो गर्दा कसैले अन्जानमै स्वर्गदूतहरूको सहायता गरे।

1 पत्रुस 4:7

समय नजिक आइरहेको छ जब सबै कुराको अन्त हुन्छ। यसर्थ आफ्नो मन स्वच्छ राख अनि स्वयंलाई नियन्त्रण गर। यसले तिमीहरुलाई प्रार्थना गर्नमा सहायता दिनेछ।

1 पत्रुस 4:9

विना विरोध एक अर्कामा अतिथि सत्कार गर।

1 पत्रुस 5:8

स्वयंलाई नियन्त्रण गर अनि सावधान बस। शैतान तिमीहरुको शत्रु हो। त्यो सिंहले शिकार खोजे जस्तै कसैलाई खान चारैतिर घुमी हिडछ।

Interlinear

Choose Theme