दाऊद चुप्प लागे अनि शाऊलले सोधे, “यो तिम्रो आवाज हो, मेरो छोरा दाऊद?” त्यसपछि शाऊल रूनथाले शाऊल धेरै नै रोए।
Cross references
तर साराईले अब्रामलाई भनिन्, “मेरी कमारीले मलाई घृणा गर्छे। यसको निम्ति म तपाईंलाई जिम्मावार ठहराउँछु। मैले तपाईंलाई आफ्नी कमारी दिएँ र त्यसले गर्भ धारण गरी। तब उनले आफूलाई म भन्दा असल हुँ भन्ने गर्छे। म चाहन्छु परमप्रभुले हामी दुइ बीच ठीक न्याय गरून्।”
एसाव उसलाई भेट्न दगुर्यो अनि उसलाई अँगालो हाल्यो। उनले आफ्नो भाइको छातीमा हात राख्यो र उसलाई म्वाइँ खायो अनि तिनीहरू रोए।
इस्राएलका मानिसहरूले तिमीहरू विरूद्ध केही पाप गरेका छैनन्। तर तिमीहरूले इस्राएलका मानिसहरूको विरूद्ध अत्यन्त नराम्रो काम गरिरहेछौ। साँचो न्यायकर्त्ता परमप्रभुले निर्णय गरून् इस्राएलका मानिसहरू कि अम्मोनी मानिसहरू सहिछन्।
शाऊलले दाऊदको स्वर चिने। शाऊलले भने, “मेरो छोरा दाऊद के यो स्वर तिम्रो हो?”दाऊदले जवाफ दिए, “ज्यू, यो मेरै आवाज हो, मेरो प्रभु महाराजा।”
आज मैले प्रमाण गरें कि मेरो निम्ति तपाईंको जीवन महत्वपूर्ण छ। यस्तै प्रकार परमप्रभुले पनि देख्नु हुनेछ मेरो प्राण उहाँलाई महत्वपूर्ण छ। परमप्रभुले मलाई प्रत्येक खतराबाट बचाउँनु हुनेछ।”
अमासै तीस बीरहरूका अगुवा थिए। तब, आत्माद्वारा बोल्यो अनि भन्यो।“दाऊद, हामी तपाईका हौं। यिशैका छोरा, हामी तपाईसित छौं, तपाईलाई शान्ति, शान्ति होस्! ती मानिसहरूलाई शान्ति होस जसले तपाईलाई सहायता गरे! किन? किनभने तपाईको परमेश्वरले तपाईलाई सहायता गर्नुहुन्छ।”यसकारण दाऊदले यी मानिसहरूलाई आफ्ना समूहमा स्वागत गरे अनि तिनीहरूलाई उसका सेनाहरूका अधिकारीहरू बनाए।
ईमान्दार वचनहरू शक्तिशाली हुन्छन। तर तिम्रो तर्कहरूको के मतलब छ।
हे परमप्रभु, मेरो लडाइँ मेरो निम्ति लडि दिनु होस् र मलाई बचाउनु होस्। तपाईंले वचन दिए जस्तै मलाई बाँच्न दिनुहोस्।
नम्र तथा कोमल वचनले क्रोध शान्त गराउँछ भने कठोर वचनले क्रोधलाई अझ उत्तेजित पार्छ।
सही चिज सही समयमा भन्नु एउटा सुनको स्याउ चाँदीको घेरामा जोडेको जस्तै हो।
म तिमीहरूलाई यस्तो शब्द ज्ञान दिनेछु कि तिमीहरूको कुनै शत्रुले पनि जवाफ दिन सक्तैन।
तर आत्माले स्तिफनलाई बुद्धिमानीसंग बोल्न सघाइरहेको थियो। यसर्थ यहूदीहरूले तिनीसित बहस गर्न सकेनन्