रोमी 11:35 · नेपाली बाइबल
“कसैले कहिल्यै परमेश्वरलाई केही उपहार दिएको छ? जसमा कि बदलीमा परमेश्वरले पनि उसलाई उपहार दिनु परोस्।”
Cross references
अय्यूब 35:7
अनि अय्यूब, तिमी असल छौ भने त्यसले परमेश्वरलाई सहयोग गर्दैन्। परमेश्वरले तिमीदेखि केही पनि पाउनु हुन्न।
अय्यूब 41:11
म कोहीसँग पनि ऋणी छैन। स्वर्ग मुनी भएका सबै कुराहरू मेरो हुन्।
मत्ती 20:15
के मेरो पैसा आफ्नो खुशीमा चलाउने अधिकार मसंग छैन? अथवा म उदार छु भनेर तिमीलाई ईष्या लग्यो?’
1 कोरिन्थी 4:7
तिमीहरू अरू भन्दा असल छौ भनेर कसले भन्छ? तिमीहरूसित के छ जो तिमीहरूलाई दिइएको होइन? यसैले जब तिमीहरूसित भएको हरेक थोक तिमीहरूलाई दिइएको हो भने ती आफ्नो शक्तिले अर्जेको जस्तो त्यसकोलागि किन घमण्ड गर्दछौ?