अनि अय्यूब, तिमी असल छौ भने त्यसले परमेश्वरलाई सहयोग गर्दैन्। परमेश्वरले तिमीदेखि केही पनि पाउनु हुन्न।
Cross references
“सबै सत्य कुराहरू चाँहि म अनि मेरा मानिसहरूबाट आएका होइनन्। यी सबै कुराहरू तपाईबाट मात्र आएका हुन्। हामी केवल तपाईबाट आएका कुराहरू तपाईलाई नै अर्पण गरिरहेकाछौं।
“के परमेश्वरलाई हाम्रो सहायता चाहिन्छ? अहँ। ज्ञानी पुरूष पनि परमेश्वरलाई साँच्चि नै कामलाग्ने होइन।
मैले परमप्रभुलाई भने, “हे परमप्रभु, तपाईं मेरो स्वामी हुनुहुन्छ, प्रत्येक असल कुराहरू मैले तपाईंबाट पाएँ।”
यदि तिमी बुद्धिमान छौ भने तिमी आफैंले लाभ उठाउने छौ। तर यदि तिमी ठट्टा गर्छौ भने तिमी आफैंले दुःख पाउनेछौ।
तिमीसंग पनि यस्तै हो। जब तिमीहरूलाई गर्नु दिएको प्रत्येक काम गर्दछौ, तिमीरूले भन्नु पर्छ, हामी कुनै खास धन्यवाद पाउने योग्यको होइनौ। हामीले जे गर्नु पर्ने थियो त्यही काम मात्र गरेकाछौं।”‘
“कसैले कहिल्यै परमेश्वरलाई केही उपहार दिएको छ? जसमा कि बदलीमा परमेश्वरले पनि उसलाई उपहार दिनु परोस्।”