यसैले सुसमाचार सुनेपछि विश्वास आउँदछ। अनि यदि कसैले मानिसलाई ख्रीष्टको बिषयमा बताए तिनीहरूले सुसमाचार सुन्नेछन्।
Cross references
पराल गहुँ भन्दा भिन्दै हुन्छ। अगमवक्ताहरूले जसकहाँ सपना छ त्यही सपना विषयमा बोलुन्। जसकहाँ मेरा वचनहरू छन् साँचो गरी भनुन।
तब उहाँले भन्नुभयो, “तिमीहरूले जे पनि सुन्छौ त्यस कुराहरुमथि राम्ररी बिचार गर। तिमीहरूले जे जति अरूलाई दिदँछौ त्यत्तिनै परमेश्वरले तिमीहरूलाई दिनुहुनेछ।
यो दृष्टान्तको अर्थ के हो भनेः बीऊ परमेश्वरको वचन हो।
येशूले तिनीहरू सबैलाई उत्तर दिनुभयो, “मेरा आमा र मेरा भाइहरू तिनीहरू हुन् जसले परमेश्वरको वचन सुन्दछन् अनि त्यसलाई पालन गर्दछन्।”
तर उहाँले भन्नुभयो, “मानिसहरू जसले परमेश्वरको वचनहरू सुन्छन् अनि पालन गर्छन् तिनीहरू वास्तविक रूपमा खुशी छन्।”
तर अब्राहाले भने, तिनीहरूको लागि पढन मोशाको व्यवस्था र अगमवक्ताहरूको ग्रन्थहरू छन्, तिनीहरूले तिनीहरूबाट नै सुनुन्।
यूहन्नाको कुरा सुनिसके पछि ती दुइ चेलाहरू येशूको पछि लागे।
म सुसमाचारसंग शर्माउनदिन तर गौरव गर्छु। सुसमाचार त्यस्तो शक्ति हो जुन परमेश्वरले प्रयोग गर्नुहुन्छ। जसले उहाँमाथि विश्वास गर्छ पहिले यहूदी र गैर-यहूदीहरूलाई रक्षा गर्नलाई प्रयोग गर्नुहुन्छ।
तर मानिसहरूले प्रभुलाई पत्याउन भन्दा पहिले उहाँमा विश्वास गर्नुपर्छ? अनि विश्वास गर्न अघि, तिनीहरूले उहाँको बारेमा सुनन्नुपर्छ। तर उहाँको बारेमा सुन्नलाई कसैले उहाँ बारे तिनीहरूलाई प्रचार गर्नुपर्छ।
नष्ट भएकाहरूका निम्ति क्रूस बारेको शिक्षा मूर्खतापूर्ण ठहर्छ। तर हामी उद्धार पाइरहेकाहरूका निम्ति यो परमेश्वरको शक्ति हो।
हामी लाभको निम्ति परमेश्वरका वचन बेच्दैनौ जस्तो धेरै अरूहरूले गर्छन्। होइन! तर ख्रीष्टमा हामी परमश्वरको अधि सत्य बोल्दछौं। हामी परमेश्वरबाट पठाइएका मानिसहरू झैं बोल्दछौं।
मलाई एउटै कुरो भनः तिमीहरूले पवित्र आत्मा कसरी पायौ? के व्यवस्था पालन गरेर नै आत्मा पाएका हौ? होइन। तिमीहरूले सुसमाचार सुनेर अनि विश्वास गरेर आत्मा पाएका छौ।
व्यवस्था मान्छौ भनेर परमेश्वरले येशूको आत्मा दिनुभएको हो? होइन। व्यवस्था मान्छौ भनेर परमेश्वरले तिमीहरू बीच चमत्कार गरेका हुन्? होइन। तिमीहरूले सुसमाचार सुन्यौ र यसमा विश्वास गर्यों भनेर परमेश्वरले आफ्नो आत्मा दिनु भएको र चमत्कार गर्नु भएको हो।
हामी परमेश्वरलाई धन्यवाद दिन्छौं किन कि ख्रीष्ट येशूमा तिमीहरूको विश्वास र परमेश्वरका सबै जनहरूमा प्रेम भएको कुरा हामीले सुन्यौं।