यदि परमेश्वरले पनि उसको माध्यमबाट महिमा प्राप्त गर्दछ भने, उहाँले छोरोलाई स्वयंबाट महिमा तुरून्तै दिनुहुनेछ।”
Cross references
परमप्रभुले उसलाई श्राप दिने निर्णय गर्नु भयो। परमप्रभुले ऊ पीडित हुनै पर्छ भनेर निर्णय गर्नुभयो। यसकारण दासले स्वयंलाई मर्नको लागि समर्पण गरे। तर उसले लामो समय सम्म नयाँ जीवन बाँचे। उसले आफ्ना मानिसहरूलाई देख्नेछन्। परमप्रभुले उसबाट चाहे जस्तै उसले ती कुराहरू पूर्णगर्ने छ।
येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई महिमा ग्रहण गर्ने बेला आइपुग्यो।
यति कुराहरू भनिसके पछि येशूले स्वर्गातिर हेर्नुभयो र प्रार्थना गर्नुभयो, “पिता ठीक समय आइपुग्यो। यसकारण तपाईंको पुत्रलाई महिमा प्रदान गर्नु होस् ताकि पुत्रले तपाईंलाई महिमा दिन सकोस्।
जुन काम तपाईंले मलाई सुम्पिनु भएको थियो त्यो मैले पूर्ण गरें। पृथ्वीमा तपाईंको महिमा ल्याएँ।
हे पिता, म प्रार्थना गर्छु कि जसले म मा विश्वास गर्छन्, तिनीहरू एक होऊन्। जसरी तपाईं ममा हुनुहुन्छु, म तपाईंमा। म प्रार्थना गर्छु ताकि तिनीहरू हामीमा एक होऊन्। संसारले यो विश्वास गर्नछ कि तपाईंले नै मलाई पठाउनु भएको हो ।
अनि अब यी अन्तिम दिनहरूमा परमेश्वर हामीसंग आफ्ना पुत्रद्वारा बोल्नुभएकोछ। उहाँले आफ्ना पुत्रद्वारा यो समस्त विश्व बनाउनु भयो अनि उहाँले आफ्ना पुत्रलाई सबै कुराको आफ्ना उत्तराधिकारी बनाउनुभयो।
अहिले येशू स्वर्गमा जानु भएकोछ। उहाँ परमेश्वरको दाहिने तर्फ हुनुहुन्छ। उहाँ स्वर्गदूतहरु, अधिकारीहरु अनि शक्तिहरुमाथि शासन चलाउनु हुन्छ।
“म हरेक मानिसलाई, जसले विज. प्राप्त गर्छ, मेरो सिंहासनमा मसित बस्न अधिकार दिनेछु। त्यसरी मैले विजय प्राप्त गरें अनि म उनीसित उनको सिंहासनमा बसे.
मैले नगरमा मन्दिर देखिन। सर्व-शक्तिमान परमप्रभु परमेश्वर अनि थुमा नगरको थुमा थियो।
तब त्यो स्वर्गदूतले मलाई जीवन-जलको नदी देखाए। नदी स्फटिक जस्तो चम्किलो थियो। त्यो नदी परमेश्वर अनि भेंडाको पाठाको सिंहासनबाट बगिरेहको थियो।
परमेश्वरको सराप परेको कुनै वस्तुले त्यो नगरमा स्थान पाउने छैन। परमेश्वर अनि भेंडाको पाठाको सिंहासन नगरमा रहने छ। परमेश्वरका सेवकहरुले उहाँलाई आराधना गर्नेछन्।
मनै अल्फा अनि ओमेगा हुँ, प्रथम अनि अन्तिम हुँ, प्रारम्भ अनि अन्त हुँ।