Home Bibles ☰ Books भजनसंग्रह 89:40 · नेपाली बाइबल
भजनसंग्रह 89:40 · नेपाली बाइबल

तपाईंले उनका सबै पर्खालहरू भत्‍काइदिनुभएको छ, र उनका किल्‍लाहरू नष्‍ट पारिदिनुभएको छ।

Cross references

2 इतिहास 12:2

रहबामको राज्यकालको पाँचौं वर्षमा शीशकले यरूशलेम शहर माथि आक्रमण गरे। शीशक मिश्रदेशका राजा भए। किनभने रहबाम अनि यहूदाका मानिसहरू परमप्रभु प्रति विश्वसनीय थिएनन्।

2 इतिहास 15:5

दुःखको त्यस समयमा कुनै पनि मानिस निरापद यात्रा गर्न सक्तैन थियो। सबै राष्ट्रहरूमा यति धेरै कष्ट थियो

अय्यूब 1:10

तपाईंले सधैं उसको परिवार, उसलाई र उसँग भएका चीजहरूको रक्षा गर्नुहुन्छ। उसले गरेका सबै कार्यहरू तपाईंले सफल पार्नुहुन्छ। हो, ऊमाथि तपाईंको आशिष रहेको छ। उ यति सम्पन्न छ कि सारा मुलुकभरि उसको आफ्नै साँढे, ऊँट, र भेडाका बथानहरू फैलिएका छन्।

अय्यूब 19:9

परमेश्वरले मेरो सम्मान खोसेर लैजानु भयो उहाँले मेरो शिरबाट मुकुट उतारिदिनुभयो।

भजनसंग्रह 80:12

हे परमेश्वर, किन तपाईंले पर्खालहरू तानेर झार्नु भयो जसले तपाईंको “अङ्गुरको रूखलाई” सुरक्षा दिन्छ? अब बाटो हिंडनेहरूले पनि यसको अङ्गुरहरू टिप्नेछन्।

यशैया 5:5

अब म तिमीहरूलाई भन्नेछु, म मेरो अङ्गरको बगैंचालाई के गर्नेछु। म सबै बारहरू उखेल्नेछु। अनि तिनीहरूलाई जलाउनेछु। म ढुङ्गाका पर्खालहरू भत्काउने छु अनि ती ढुङ्गाहरूमाथि हिँड्नेछु।

विलाप 2:2

परमप्रभुले याकूबको घर भत्काउनु भयो। उहाँले बडो निदर्यतापूर्वक यसो गर्नु भयो। रिस उठेको बेला उहाँले यहूदाकी छोरीको किल्ला पनि ध्वंश पार्नु भयो। परमप्रभुले यहूदाको राज्य र यसका शासकलाई धूलोमा मिलाउनु भयो।

विलाप 2:5

परमप्रभु शत्रु जस्तै हुनु भएकोछ। उहाँले इस्राएलका सबै राजमहलहरू र सबै किल्लाहरू निल्नु भएकोछ। उहाँले यहूदाको छोरीलाई, यस्तो दुखी र मृत्युमा रूने बनाउनु भयो।

इजकिएल 21:31

म तिम्रो विरूद्ध आफ्नो क्रोध खन्याउँछु। मेरो क्रोधले तिमीलाई तातो हावाले जस्तै जलाउँनेछ। म तिमीलाई क्रूर मानिसहरूको हातमा सुम्पिन्छु। ती मानिसहरू मानिसहरूलाई मार्नु सिपालु छन्।

प्रकाश 13:1

त्यसपछि मैले समुद्रबाट एक पशु उठिरहेको देखें। त्यसको दशवटा सिङ्ग अनि सातवटा टाउको थिए। त्यसको प्रत्येक सिङ्गमा एउटा मुकुट थियो। त्यसको प्रत्येक टाउकोमा ईश्वर निन्दाको नाउँ लेखिएको थियो।

Interlinear

Choose Theme