Home Bibles भजनसंग्रह 89:4 · नेपाली बाइबल
भजनसंग्रह 89:4 · नेपाली बाइबल

‘म तेरा सन्‍तानलाई सदाको निम्‍ति स्‍थापना गर्नेछु,र तेरो सिंहासन सारा पुस्‍तासम्‍म स्‍थिर बनाउनेछु’।”

Cross references

2 शमूएल 7:12

“जब तिम्रो जीवन सिद्धिन्छ, तिमी मर्नेछौ अनि तिमीलाई तिम्रा पिता-पूर्खाहरूसितै गाडिने छ। तर त्यस समय म तिम्रो आफ्नै एक जना नानीलाई राजा बनाउनेछु।

2 शमूएल 7:29

मेरा परिवारलाई आशीर्वाद दिनुहोस्। तिनीहरूलाई सधैं तपाईंको सामुन्ने उभिएर सेवा गर्न दिनुहोस्। परमप्रभु मेरा मालिक, तपाईं आफैले यसो भन्नु भएको थियो। तपाईं आफैले मेरा परिवारलाई सधैं भरिको निम्ति आशीर्वाद दिनुभयो।”

1 राजा 9:5

“यदि तिमीले यी सब कामहरू गर्यौ भने मैं तिम्रो परिवारबाट एक जनालाई सँधै इस्राएलको राजा बनाउँनेछु भनी बचन दिन्छु। मैले तिम्रा पिता दाऊदसँग यस्तैं प्रतिज्ञा गरेको थिएँ। मैले उनलाई भनेको थिएँ, इस्राएलको शासन तिम्रो उनको सन्तानहरूबाट एक जनाले चलाउने छ।

1 इतिहास 17:10

ती नराम्रा कुराहरू भए, तर मैले मेरा इस्राएली मानिसहरूको हेरचाहको निम्ति प्रमुखहरू चुने अनि म तेरा सबै शत्रुहरूलाई पनि परास्त गर्नेछु।“‘म तँलाई भन्छु कि परमप्रभुले तेरो निम्ति एउटा राजकीय घरना निर्माण गरिदिनु हुनेछ।

1 इतिहास 22:10

सुलेमान एउटा हो जसले मेरो निम्ति अवश्यै मन्दिर बनाउनेछ। सुलेमान मेरो छोरा हुनेछ अनि म उसको पिता हुनेछुन्। अनि म उसको राजवंशलाई शक्तिशाली तुल्याउने छु र उसको सन्तानहरूले इस्राएलमा सदासर्वदा शासन गर्ने छ।”‘

1 इतिहास 28:4

“परमप्रभु इस्राएलका परमेश्वरले इस्राएलका बाह्र कुल समूहहरूको अगुवाइ गर्नका निम्ति यहूदाका कुल समूहलाई चुन्नु भयो। अनि त्यसपछि परिवार समूहबाट परमप्रभुले मेरा पिताका परिवारलाई चुन्नु भयो। र त्यो परिवारबाट परमेश्वरले मलाई सदाको निम्ति इस्राएलका राजा चुन्नुभयो। परमेश्वरले मलाई इस्राएलको राजा बनाउन चाहनु भयो।

भजनसंग्रह 72:17

राजा सदालाई ख्याती प्राप्त बनोस्। जब सम्म घाम रहन्छ तब सम्म मानिसहरूले उहाँको नाउँ याद गरून्। मानिसहरू उहाँबाट धन्य रहोस् अनि सबैले उहाँलाई आशीर्वाद दिऊन्।

भजनसंग्रह 89:1

म परमप्रभुको महान्‌ कृपाको प्रशंसा सधैँको निम्‍ति गाउनेछु, सबै पुस्‍तासम्‍म म तपाईंको विश्‍वस्‍तता मेरै मुखले जनाउनेछु।

भजनसंग्रह 89:29

त्‍यसको वंशलाई म सदाको लागि स्‍थापना गर्नेछु, र त्‍यसको सिंहासन आकाशको अस्‍तित्‍व रहेसम्‍म राख्‍नेछु।

भजनसंग्रह 89:36

कि त्‍यसको वंश सदाको निम्‍ति रहनेछ, र त्‍यसको सिंहासनचाहिँ सूर्यझैँ मेरो अगाडि स्‍थिर रहनेछ।

भजनसंग्रह 89:50

स्‍मरण गर्नुहोस्‌ परमप्रभु, कसरी तपाईंका दासको उपहास भएको छ, कसरी म आफ्‍नो हृदयमा जातिहरूको तिरस्‍कार सहँदैछु,

भजनसंग्रह 132:11

परमप्रभुले दाऊदप्रति एक प्रतिज्ञा गर्नु भएथ्यो। परमप्रभुले दाऊदप्रति विश्वासी रहन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो। परमप्रभुले वचन दिनु भएको थियो कि दाऊद कै परिवारबाट राजाहरू आउने छन्।

भजनसंग्रह 132:12

परमप्रभुले भन्नुभयो, “दाऊद, यदि तिम्रा नानीहरूले मेरो करार र मैले सिकाएको नियमहरू पालन गरे भने, तिम्रो परिवारबाट कोही एकजना सँधै राजा हुनेछ।”

यशैया 9:6

कुनै विशेष बालक जन्मदा त्यस्तो घट्ना हुनेछ। परमेश्वरले हामीलाई एउटा पुत्र दिनु हुनेछ। त्यही बालकले मानिसहरूमाथि शासन गर्ने जिम्मेवारी लिनेछ। उहाँका नाउँ “अचम्मका सल्लहाकार, पराक्रमी परमेश्वर, सनातनका पिता, शान्तिका राजकुमार कहलाउनु हुनेछ।”

यशैया 42:1

“मेरो दासलाई हेर! म उसलाई सम्हाल्नेछु, उसलाई मात्र रोजेको हुँ। अनि म उसँग एकदम खुशी छु। मैले मेरो आत्मा उसमा हालीदिए। उसले जातिहरूमा निष्पक्ष न्याय गर्नेछ।

जकरिया 12:8

तर त्यसदिन परमप्रभुले यरूशलेमका मानिसहरूको साह्रै रक्षा गर्नु हुनेछ, यहाँ सम्म कि कमजोर मानिसहरू पनि दाऊद जस्तै योद्धा बन्नेछन् अनि दाऊदका परिवारहरू परमप्रभुको आफ्नो स्वर्गदूत जस्तै पथप्रदर्शक हुनेछन्।

लूका 1:32

उहाँ महान् हुनुहुनेछ र सर्वोच्च परमेश्वरका पुत्र कहलाईनु हुनेछ। परमप्रभु परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ।

लूका 20:41

त्यसपछि येशूले भन्नुभयो, “मानिसहरूले किन ख्रीष्टलाई दाऊदको पुत्र भन्छन्?

प्रेरित 13:32

हाम्रा पूर्वजहरूलाई दिएको प्रतिज्ञाको बारेमा सुसमाचार हामी तिमीहरूलाई भन्छौ।

रोमी 1:3

सुसमाचार भन्नु नैं हाम्रा प्रभु येशू ख्रीष्ट, परमेश्वरका पुत्रको विषयमा बताउनु हो।

रोमी 15:12

अनि यशैयाले भनेका छन्“एकजना मानिस यस्सीका परिवारबाट आउने छन्। ती मानिसले अयहूदीहरूमाथि राज गर्नेछन्, अनि ती मानिसको कारणले गैर-यहूदीहरूले आशा प्राप्त गर्नेछन्।”

फिलिप्पी 2:9

ख्रीष्टले परमेश्वरको आज्ञा पालन गर्नुभयो यसर्थ परमेश्वरले उहाँलाई उच्च स्थानमा पुर्याउनु भयो। परमेश्वरले ख्रीष्टको नाउँलाई अरू सबै नाउँहरू भन्दा महान बनाउनु भयो।

प्रकाश 22:16

“मैले मण्डलीहरुका निम्ति यी कुराहरु तिमीलाई भन्न मेरो स्वर्गदूत पठाँए। म दाऊद परिवारको सन्तान हुँ। म चम्किलो बिहानीको तारा हुँ।”

Interlinear

Choose Theme