Home Bibles भजनसंग्रह 88:17 · नेपाली बाइबल
भजनसंग्रह 88:17 · नेपाली बाइबल

दुःखाई र पीडाहरू सधैं मसँग छन् म ती दुःखाई र पीडाहरूमा डुलीरहेको अनुभव गर्दछु।

Cross references

अय्यूब 16:12

जबसम्म परमेश्वरले मलाई घाँटीमा समात्नु भएन अनि मलाई टुक्रा-टुक्रा पार्नु भएन तबसम्म प्रत्येक कुरो राम्रै भइरहेको थियो। तब उहाँले मलाई पहिलेकै अवस्थामा ल्याउनु भयो र मलाई उहाँको तारोको रूप प्रयोग गर्नुभयो।

अय्यूब 30:14

तिनीहरूले भित्तामा प्वाल बनाउँछन तिनीहरू त्यस प्वालबाट खचाखच आउँछन अनि ढुङ्गाहरू फोर्दै ममाथि पर्छन्।

भजनसंग्रह 22:16

दुष्ट मानिसहरू “कुकुरहरू” झैं हुन्, जो मेरो चारैतिर छन्। तिनीहरूले मलाई पासोमा पारे। तिनीहरूले मेरा खुट्टा र हातहरू सिहंजस्तै नै चिथोरेका छन्।

भजनसंग्रह 42:7

पृथ्वीको मुहानबाट निस्केर छङ्ग-छङ्ग गर्दै खोला बगेको आवाज म सुन्छु। हे परमप्रभु, तपाईंका छालहरूले मेरो वरिपरि छङ्ग-छङ्ग गर्दै मलाई धोइरहेका छन्।

भजनसंग्रह 69:1

हे परमेश्वर, मेरो सम्पूर्ण संकटहरूबाट बचाउँनु होस्! मेरो मुखसम्म पानी उठिसक्यो।

भजनसंग्रह 116:3

म मर्न आटेको थिंए। मृत्युको डोरीहरूले मलाई वरिपरि बाँधिएको थियो। चिहान मेरो वरिपरि थियो म भयभीत र चिन्तित थिएँ।

भजनसंग्रह 118:10

धेरै शत्रुहरूले मलाई घेरेर राखे तर परमप्रभुको शक्तिले ती शत्रुहरूलाई मैले परास्त पारें।

भजनसंग्रह 124:4

हाम्रो शत्रुहरूका सैनिकहरूले हामीलाई बाढीले बगाए झै र नदीले हामीलाई डुबाए झै पार्ने थिए।

विलाप 3:5

परमप्रभुले मलाई घेर्नु भयो अनि सबै तिरबाट आक्रमण गर्नु भयो। उहाँले मेरो वरीपरी समस्या र तिक्तता ल्याउनु भयो।

होशे 5:10

यहूदाका शासकहरू ती मानिसहरू जस्तै हुन जो आफ्नो सीमा रेखा बढाउछन्। म मेरो रिस तिनीहरूमाथि पानी झैं खन्याउनेछु।

मत्ती 27:39

आउने जाने मानिसहरूले येशूको निन्दा गर्थे तिनीहरूले टाउँको हल्लाउदै उहाँको निन्दा गर्थे र तिनीहरू यसो भन्थे।

Interlinear

Choose Theme