Home Bibles 2 इतिहास 6:39 · नेपाली बाइबल
2 इतिहास 6:39 · नेपाली बाइबल

जब यसो हुन्छ स्वर्गबाट सुनि दिनुहोस्। स्वर्ग तपाईंको बास स्थान हो। तिनीहरूको प्रार्थना स्वीकार गरि दिनुहोस् जब तिनीहरू सहायताका निम्ति याचना गर्छन्। अनि तिनीहरूलाई सहायता गरिदिनुहोस्। तपाईंका मानिसहरूलाई क्षमा गरि दिनुहोस्। जसले तपाईंको विरूद्ध पाप गरेका छन्।

Cross references

2 इतिहास 6:35

कृपा पूर्वक स्वर्गमा तिनीहरूको प्रार्थना सुनिदिनुहोस्। तिनीहरूलाई सुनिदिनुहोस् जब तिनीहरू सहायताका निम्ति याचना गर्छन्। अनि तिनीहरूलाई सहायता गरिदिनुहोस्।

भजनसंग्रह 25:18

हे परमप्रभु, मेरा परीक्षाहरू र संकटहरूमा दृष्टि राख्नुहोस् र मैले गरेका सबै पापहरू क्षमा गर्नुहोस्।

भजनसंग्रह 65:4

हे परमेश्वर, तपाईंले आफ्ना मानिसहरू छान्नु भएकोछ। तपाईंले हामीलाई तपाईंको मन्दिर आउनु र उपासना गर्नलाई छान्नु भएको छ। अनि हामी अत्यन्त खुशी छौं। तपाईंको घरमा, पवित्र मन्दिरमा हामी असल पदार्थहरू पाँउछौ र हामी सन्तुष्ट हुन्छौं।

भजनसंग्रह 85:3

हे परमप्रभु, क्रोधीत हुनदेखि रोकिनु होस्, पागल नबन्नु होस्।

यर्मिया 50:34

तर तिनीहरूका उद्धारक शक्तिशाली हुनुहुन्छ। उहाँको नाउँ सेनाहरूका परमप्रभु हो। उहाँले तिनीहरूको मामलामा वकालत हुनेछ र पृथ्वीलाई आराम दिनुहुनेछ। तर बाबेलमा बस्ने मानिसहरूलाई उहाँले शान्ति दिनु हुनेछैन।”

मीका 7:18

तपाईं जस्तो परमेश्वर अरु छैनन्। तपाईंले पापीहरुलाई क्षमा गरिदिनुहुन्छ। तपाईंले आफ्नो बाँचेका मानिसहरुका पाप क्षमा गरिदिनुहुन्छ। तपाईले आफ्ने रिसलाई राखिराख्नु हुन्न किनकि तपाईं सधैं दया गर्न रूचाउनु हुन्छ।

जकरिया 1:15

म यी राष्ट्रहरुप्रति अत्यन्तै क्रोधित छु जसले आफु अति सुरक्षित अनुभव गर्छ, म अधिक क्रोधित भएको थिएँ, अनि ती जातिहरुको प्रयोग आफ्नो मानिसहरुलाई दण्ड दिनको लागि गरें। तर ती जातिहरुले ज्यादा भन्दा ज्यादा नोक्शान गरे।”

Interlinear

Choose Theme