Home Bibles ☰ Books भजनसंग्रह 78:43 · नेपाली बाइबल
भजनसंग्रह 78:43 · नेपाली बाइबल

तिनीहरूले मिश्र देशमा परमेश्वरले देखाउनु भएको अलौकिक कार्यहरू भुले अनि उहाँले जीवनमा गर्नु भएको आश्चर्यजनक कामहरू भुले।

Cross references

प्रस्थान 3:19

“तर म जान्दछु मिश्रको राजाले तिमीहरूलाई जान दिनु हुँदैन कुनै महाशक्तिले मात्र उहाँलाई जानु दिने बनाउनेछौ।

प्रस्थान 4:21

मिश्र जाँदा बाटोमा, परमप्रभुले मोशालाई भन्नुभयो, “जब तिमी फिरऊनसित कुरा गर्छौ मैले तिमीलाई दिएका सबै शक्तिको चमत्कारहरू सबै सम्झना गर। तर म फिरऊनलाई मानिसहरूलाई जान नदिने अट्टेरी बनाउँछु।

प्रस्थान 7:3

तर फिरऊनलाई म अट्टेरी बनाउनेछु। अनि मिश्रमा म धेरै आश्चर्यकर्मका चिन्हहरू देखाउनेछु अनि मैले भनेका कुरा उसले ग्रहण अझै गर्नेछैन् र

व्यवस्था 4:34

अनि कतै अरू ईश्वरले अर्कै देशमा गएर आफ्नो निम्ति मानिसहरू ल्याउने चेष्टा गरेका छन्? कहिले पनि त्यस्तो गरेका छैनन्। तर तिमीहरू आफैंले परमप्रभु तिमीहरूका परमेश्वरलाई यी सब आश्चर्य कार्यहरू सम्पन्न गरेको देखेका छौ। उहाँले तिमीहरूलाई आफ्नो शक्ति प्रदर्शन गर्नु भयो। मानिसहरूले कष्ट अनुभव गरेको पनि तिमीहरूले देखेका छौ। तिमीहरूले अचम्मित अनि आश्चर्य कर्महरू तथा युद्ध अनि डरलाग्दा घट्नाहरू भएको पनि देखेका छौ।

व्यवस्था 6:22

परमप्रभुले महान अनि आश्चर्यजनक काम गर्नु भयो। हामीहरूले उहाँलाई यी कामहरू मिश्रवासी, फिरऊन तथा तिनका घरका मानिसहरूमाथि गरेको देख्यौं।

नहेम्याह 9:10

तपाईंले चिन्हहरु र आश्चर्यमय कुराहरू फिरऊन मिश्रदेशका राजा अनि तिनका समस्त सेवकहरू अनि तिनका देशका समस्त मानिसहरूको विरूद्ध गर्नुभयो, किनभने तिनीहरूले हाम्रापुर्खा हरूलाई अत्याचार गरेको तपाईंलाई थाहा थियो। तपाईं अहिले सम्म रहनु भए झैं प्रसिद्ध हुनुभयो।

भजनसंग्रह 78:12

परमेश्वरले तिनीहरूका पिता-पुर्खाहरूलाई मिश्र अन्तर्गत सोअनमा आफ्ना महान् शक्तिहरू देखाउनु भयो।

भजनसंग्रह 105:27

परमेश्वरले मोशा र हारूनको माध्यमद्वारा हाम्रो देशमा धेरै आश्चर्यकामहरू देखाउनु भयो।

भजनसंग्रह 135:9

परमप्रभुले धेरै आश्चर्यजनक र अलौकिक कार्यहरू मिश्रमा गर्नुभयो। परमप्रभुले फिरऊन र उनका अधिकारी प्रति त्यस्ता घटनाहरू गराउनु भयो।

प्रेरित 7:7

तर म त्यो राष्ट्रलाई दण्ड दिनेछु जुन राष्ट्रले तिनीहरूलाई दास बनाउनेछ।’ परमेश्वरले यो पनि भन्नुभयो, तब तिम्रा मानिसहरू त्यस देशबाट निस्कि आउनेछन् अनि तिनीहरूले यस ठाउँमा मलाई आराधना गर्नेछन्।

Interlinear

Choose Theme