शत्रुले हामीलाई पूर्ण रूपले तहस्नहस्रू पार्ने निर्णय गरे, तिनीहरूले देशमा भएको प्रत्येक चिज र परमेश्वरको पवित्र स्थान जलाए।
Cross references
बेतेलमा अगमवक्ताहरूको दल एलीशाकहाँ आयो अनि उनलाई भन्यो, “तिमीलाई थाह छ परमप्रभुले तिम्रा मालिकलाई आज लिएर जानु हुनेछ।”एलीशाले भने, “हो म जान्दछु यो। यस बारे कुरा नगर।”
यरीहोको अगमवक्ताहरूको दल एलीया कहाँ आयो अनि उनिहरूले उसलाई भने, “के तिमीलाई थाहा छ कि तिम्रो मालिकलाई आज परमप्रभुले तिमी देखी टाढा लिएर जानु हुँदैछ।”एलीशाले भने, “हो, म जान्दछु यो विषयमा कुरा नगर।”
आइमाईको लोग्नेले भन्यो, “तिमी किन आज परमेश्वरको जन कहाँ जान चाहन्छौ? महीनाको पहिलो दिन अथवा बिश्राम-दिन त होइन।” उसले भनी, “चिन्ता नगर्नु होस्। सबथोक ठीकठाक हुनेछ।”
ती प्रमुखहरू, लेवीहरू अनि पूजाहारीहरूले यहूदामा मानिसहरूलाई शिक्षा दिए। तिनीहरू सित परमप्रभुको व्यवस्थाहरूको पुस्तक थियो। तिनीहरू यहूदाका सबै शहरहरूमा गए अनि मानिसहरूलाई शिक्षा दिए।
अनि हामानले राजालाई भने, “तपाईंको राज्यको प्रत्येक प्रान्तमा मानिसहरू माझ एक थरिका मानिसहरू छरिएका अनि छुट्टीएका छन्। अनि तिनीहरूको दस्तुर सबै मानिसहरूको दस्तुर भन्दा भिन्नैछ। तिनीहरू राजाको नियमहरू मान्दैनन्, राजालाई त्यो कुरा अशैय भयो।
ती शत्रुहरू भन्दैनन्, “आएर, तिनीहरूलाई पूर्णतः ध्वंश गरीदिनु होस्। तब कसैले पनि ‘इस्राएल को’ नाम समेत कहिल्यै सम्झना गर्नेछैन।”
परमेश्वर, तिनीहरू आपसमा एकजुट भएका छन् तपाईं र तपाईंको करार विरूद्व लडाई गर्नलाई जुन तपाईंले हामीसँग गर्नु भएको थियो।
म कसम खाँन्छु यरूशलेम सधैं मेरो महान् आनन्द हुनेछ। हे परमप्रभु, एदोमीहरूले के काम गरे, याद गर्नुहोस्। तिनीहरूले चीत्कार गरे, “पूर्णरूपले विध्वंश पारे, त्यसको जगसम्मै पूर्णरूपले विध्वंश गरे।”
येशूले गालीलका सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूको सभाघरहरूमा सिकाउन लाग्नुभयो अनि स्वर्गको राज्यको बारेमा सुसमाचार प्रचार गर्नुभयो। उहाँले मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरीहरूलाई निको पार्नुभयो।