Home Bibles भजनसंग्रह 73:7 · नेपाली बाइबल
भजनसंग्रह 73:7 · नेपाली बाइबल

यदि ती मानिसहरू केही अरू थोक जस्तो देखिएको भए, तिनीहरू जान्छन् र लिन्छन् तिनीहरूले जे चाहे पनि गर्दछन्।

Cross references

1 शमूएल 25:2

माओनमा एकजना असाध्यै धनी मानिस थिए। ऊसित 3,000 भेडाहरू र 1,000 बाख्राहरू थिए। उसको कर्मेलमा धन-सम्पत्ति थियो। ऊ त्यहाँ आफ्नो भेडाको ऊन कत्रन गयो।

1 शमूएल 25:36

अबीगेल घर फर्किने। नाबाल घरैमा भोज मनाइरहेका थियो। नाबाल राजाले जस्तै भोजन खाँदै थिए। उ मग्न थिए अनि खूबै पिएका थिए। यसर्थ भोलि बिहान नहुञ्जेल अबीगेलले केही भनिन्।

एस्तर 3:11

अनि राजाले हामानलाई भने, “तिमीलाई जे इच्छा लाग्छ त्यहिगर तर चाँदी चाहि आफूसंग राख।”

अय्यूब 15:27

उसको अनुहार बोसोले ढाकिएको छ। धनी अनि मोटा भएको छ।

भजनसंग्रह 17:10

तिनीहरूमा दया छैन। तिनीहरू साह्रै अहंकारी छन्। तिनीहरूले परमेश्वरका कुराहरू सुन्दैनन्।

भजनसंग्रह 17:14

हे परमप्रभु, तपाईंको शक्ति प्रयोग गर्नुहोस् र दुष्ट मानिसहरूलाई यस धर्तीमा बस्ने प्राणीहरूबाट हटाउनुहोस्। हे परमप्रभु, प्रशस्त मानिसहरू तपाईं कहाँ सहायता माग्न आउँछन्। ती मानिसहरूको यो जीवनभित्र प्रचुर केही पनि छैन। ती मानिसहरूलाई प्रशस्त खानेकुरा दिनु होस्। तिनीहरूका नानीहरूलाई चाहे जति सबै दिनुहोस्। ती नानीहरूलाई यति प्रशस्त खानेकुराहरू दिनुहोस्, तिनीहरूका भावी सन्तानलाई पनि पुगोस्।

भजनसंग्रह 73:12

ती घमण्डी मानिसहरू दुष्ट छन्, तर तिनीहरू धनी छन् र झन् धनी भईरहेका छन्।

भजनसंग्रह 119:70

ती मानिसहरू अत्यन्त मूर्ख छन्। तर म तपाईंका उपदेशहरू अध्ययन गर्दा आनन्दित हुन्छु।

यशैया 3:9

मानिसहरूका अनुहारहरूले बताउँछन कि तिनीहरू आफ्नो गल्ती कार्यहरूको लागि दोषी छन्। अनि तिनीहरू आफ्नो पापकर्ममा अंहकार गर्दछन्। तिनीहरू सदोमका मानिसहरू जस्तै छन्। तिनीहरू आफ्ना पापहरू कसैले देख्ला भनेर प्रदर्शन गर्दैनन्। यो उनीहरूका लागि अत्यन्त हानीकारक हुनेछ। तिनीहरू आफैले स्वयंमा बढी दुःखहरू ल्याएकाछन्।

यर्मिया 5:28

तिनीहरू आफ्नो दुष्टकर्मले मोटा अनि ठूला मानिसहरू बनिएका छन्। तिनीहरूको दुष्ट्याईंले सीमा नाघिसकेकोछ। तिनीहरू टुहुरा-टुहुरीहरूका निम्ति बोल्दैनन्। तिनीहरू गरीबहरूको पक्षमा निष्पक्ष न्याय गर्दैनन्।

इजकिएल 16:49

परमप्रभुले भन्नुभयो, “तिम्रो बहिनी सदोम अनि उसको छोरीहरू घमण्डी थिए। तिनीहरूसित आवश्यकता भन्दा ज्यादा खाने कुरा थियो अनि तिनीहरूसित समय पनि ज्यादा थियो। तिनीहरूले दीन अनि असहाय मानिसहरूलाई सहायता गर्दैनथिए।

लूका 12:16

अनि उहाँले यस्तो एउटा दृष्टान्त भन्नुभयोः “कुनै समयमा एक जना धनी मानिस थियो। त्यसको जमीनमा असल अनि प्रशस्त अन्नाबाली उब्जन्थ्यो।

Interlinear

Choose Theme