हे परमप्रभु, तपाईंको शक्ति प्रयोग गर्नुहोस् र दुष्ट मानिसहरूलाई यस धर्तीमा बस्ने प्राणीहरूबाट हटाउनुहोस्। हे परमप्रभु, प्रशस्त मानिसहरू तपाईं कहाँ सहायता माग्न आउँछन्। ती मानिसहरूको यो जीवनभित्र प्रचुर केही पनि छैन। ती मानिसहरूलाई प्रशस्त खानेकुरा दिनु होस्। तिनीहरूका नानीहरूलाई चाहे जति सबै दिनुहोस्। ती नानीहरूलाई यति प्रशस्त खानेकुराहरू दिनुहोस्, तिनीहरूका भावी सन्तानलाई पनि पुगोस्।
Cross references
तर चोरहरूको घरले तिनीहरूको टाउको दुःखाउदैन। मानिसहरू जसले परमेश्वरलाई क्रोधित पार्दछ ऊ शान्तिमा वस्दछ, अनि तिनीहरूको आफ्नो बल नै देवात हुन्।
प्रत्येकले जान्दछ कि परमेश्वरले सारा कुराहरू बनाउनु भयो।
किन पापीहरू दीर्धायु हुन्छ? किन तिनीहरू बूढा हुन्छन र सफल हुन्छन?
जब दुष्ट मानिसको जीवन शेष हुन्छ अनि ऊ मर्दछ, उसले आफ्ना नानीहरू ज-जसलाई छाड्छ, तिनीहरूको पर्वाह नै गर्दैन।
उहाँ नै परमेश्वर, जसले आफ्ना घरहरू असल कुराहरूले भर्नु भयो। अहँ, म दुष्ट मानिसहरूका सल्लाहको पछि लाग्दिनँ।
दुष्ट मानिसका धेरै छोरा-छोरीहरू हुन सक्लान् तर उसका छोरा-छोरीहरू युद्धमा मारिनेछ। दुष्ट मानिसहरूका छोरा-छोरीहरूले प्रशस्त भोजन पाउनेछैनन्।
हाम्रो जीवन ऐनामा भएको एक बिम्ब मात्र हो। हामी ठेलाठेल गर्दै धन-सम्पत्तिहरू बटुल्न खोज्छौं, तर हामी जान्दैनौं मरेपछि ती धन-सम्पत्तिहरू कसले पाउनेछ।
ती मानिसहरू मरेर गएपछि आफूसंग केही पनि लाँदैनन्। तिनीहरूले ती कुनै पनि सुन्दर चीजहरू लगेर जाने होइनन्।
मैले दुष्ट मानिसहरू सफल भएको देखें। म ती अहंकारी मानिसहरू देखि इर्ष्यालु भएँ।
ती घमण्डी मानिसहरू दुष्ट छन्, तर तिनीहरू धनी छन् र झन् धनी भईरहेका छन्।
चाँदी खोजे झैं ज्ञान खोज, गाड-धन खोजे झैं ज्ञान खोज।
‘स्वर्गको राज्य जमीनमा लुकाइएको सम्पत्ति जस्तै हो। कुनै एक दिन एउटा मानिसले त्यो पायो, ऊ खूबै खुशी भयो। उसले त्यसलाई फेरि खेतमा लुकायो। तब ऊ गएर आफूसंग भएको सबै चिजहरू बेच्यो र त्यो खेत किन्यो।
तब म आफैलाई भन्नेछु, मेरोमा प्रशस्त राम्रो राम्रो समानहरू छन्। आउने धेरै र्वषको लागी मैले थुपारेको छु। आरामसित बस, खाउ, पीउ अनि जीवनमा आनन्द मनाऊ।’
पछि मालिकले त्यो इमान्दारहीन भण्डारीको प्रशंसा करे किनभने उसले चलाकी साथ काम गरयो। हो, संसारिक मानिसहरू आत्मिक मानिसहरू भन्दा तिनीहरूको मानिसहरूसित व्यवहारमा चतुर हुन्छन्।
तर अब्राहमले भने, हे मेरो छोरो, सम्झ, तिमी कसरी बाँचिरहेका थियौ? तिम्रो जिवनमा दामीदामी धेरै चीजहरू थिए। लाजरसकोमा सबै नराम्रो चीजहरू मात्र थिए। अहिले त्यो यहाँ सुखमा छ, अनि तिमी चाँही कष्ट पाइरहेछौ।
त्यो धनी मानिसले भन्यो, तब हे पिता अब्राहाम। लाजरसलाई पृथ्वीमा मेरो बाबुको घर पठाइदिनुहोस्।
तर येशूले ती यहूदीहरूलाई भन्नुभयो, “तिमीहरू यहाँ तलबाट आएका हौ। तर माथिबाट आएको हुँ। तिमीहरू यस संसारका हौ, तर म यस संसारको होइन।
यदि तिमीहरू संसारकै थियौ भने तिमीहरूलाई उसकै आफ्नै मानिसहरू सरह प्रेम गर्ने नै छ। तर मैले तिमीहरूलाई संसारबाट छानें। यसैले तिमीहरू संसारसंग सम्बन्धित छैनौ। यसैकारणले संसारले तिमीहरूलाई घृणा गर्दछ।
मैले तिनीहरूलाई तपाईंको सबै वचनहरू दिएं र संसारले तिनीहरूलाई घृणा गर्यो, किनभने तिनीहरू यस संसारका होइनन् जस्तै म यो संसारको होइन।
पृथ्वीमा तिमीहरूको जीवन सम्पत्तिले सम्पन्न जीवन थियो। तिमीहरूले, आफूले चाहेका हरेक बस्तुद्वारा स्वयंलाई खुशी तुल्यायौ। तिमीहरू स्वयंले मार्नुको तिम्ति तयार पारेको मोटो पशु जस्तो तुल्यायौ।
मेरा प्रिय बालकहरु, तिमीहरु परमेश्वरका हौ। यसर्थ तिमीहरुले झूटो शिक्षकहरुलाई परास्त गरेका छौ। किनभने जो तिमीहरुमा हुनुहुन्छ उहाँ संसारमा हुने भन्दा महान् हुनुहुन्छ।