यदि तिमी निर्दोष अनि इमान्दार छौ भने उहाँले तिमीलाई मद्दत गर्नचाँडै आउनु हुनेछ। उहाँले तिम्रा घर पुनः निर्माण गरिदिनुहुनेछ।
Cross references
तब परमप्रभुले शैतानलाई भन्नुभयो, “तैंले मेरो दास अय्यूबलाई देखिस्? यस पृथ्वीमा ऊ जस्तो कुनै मानिस छैन। अय्यूब एक असल र इमान्दार मानिस छ। उसले परमेश्वरको आराधना गर्छ र नराम्रा कामहरूदेखि सधैं टाडो रहन्छन्।”
तिमीले परमेश्वरलाई आराधना गर्छौ। तिमीले उहाँमाथि भरोसा गर्दछौ। तिमी एकजना असल मानिस हौ। यसकारण ती तिम्रा आशा बनोस्।
तिम्रो घरमा शान्ति रहेको तिमीले चाल पाउनेछौ। तिमीले आफ्नो सम्पत्ति गन्नेछौ अनि कुनै पनि चीज हराएको हुनेछैन्।
तिम्रो घरमा रहेको पाप तिमीले त्यहाँबाट लखेट्नु पर्छ। तिम्रो घरमा दुष्टलाई आश्रय नदेऊ।
मैले कसैलाई नोक्सान गरेको छैन। तर त्यस्ता अप्रिय घटनाहरू मकहाँ आई लाग्यो। मेरा प्रार्थनाहरू उचित र चोखा छन्।
तर दुष्टहरूले परमेश्वरलाई भन्छन्, ‘हामीलाई एक्लो छाडी दिनुहोस्। हामी तपाईंका मार्ग जान्ने इच्छा गर्दैनौं।”
अय्यूब, सर्वशक्तिमान परमेश्वर तर्फ फर्की आऊ, अनि तिमी पुनःनर्स्थापित हुनेछौ तर, अहिले तिमीले आफ्नो घरबाट दुष्ट आत्मालाई अहिले खेदी हाल।
हे परमप्रभु, जाग्नु होस् अनि तपाईंको रिसले तिनीहरूलाई न्याय गर्नुहोस्। मेरा रिसाएका शत्रुहरूको विरोधमा उठ्नु होस्। हे मेरा परमेश्वर, तपाईं न्याय गर्नुहुन्छ यसर्थ मेरो निम्ति न्याय गर्नुहोस्।
हे परमप्रभु, यदि कुनै मानिसले तपाईंलाई साँच्चै नै प्रेम गर्छ भने तपाईंले आफ्नो स्नेहपूर्ण करूणा उसलाई देखाउनु होस्। यदि कुनै मानिस तपाईं प्रति साँचो छ भने तपाईं पनि ऊ प्रति साँचो हुनुहुनेछ।
म ती कुकर्मीहरूको समुदायलाई घृणा गर्छु। म ती ठग धूर्तहरूको समुदायहरूमा सामेल छैन।
उठ्नु होस्, मेरो स्वामी! किन तपाईं सुतिरहनु भएको छ? उठ्नु होस्! हामीलाई सदाको निम्ति नछोडनु होस्!
मैले कुनै गल्ती काम गरिन, तर तिनीहरू मलाई मार्न यहाँ (मकहाँ) आईरहेका छन्। हे परमप्रभु, तपाईं स्वयं आएर हेर्नुहोस्!