तिनीहरु मध्ये एकजना आउनेछ, जसले पर्खाल भत्काएर जान सकनेछ। उसले पर्खाल भत्काएर मानिसको अघि बाटो बनाउने छ र मानिसको अघि बाटो तयार पार्नेछ। तिनीहरु मोक्ष प्राप्त गरेर त्यो शहर छोडेर जानेछन्। तब राजा तिनीहरुसँग जानेछन्। परमप्रभु मानिसहरुसँग हुनुहुनेछ।
Cross references
तब परमप्रभुका स्वर्गदूत मानिसहरूका पछि लागे। (परमप्रभुका स्वर्गदूत खास गरी मानिसहरूलाई डोर्याउन तिनीहरूका अघि-अघि थिए।) यसकारण बादलको खामो मानिसहरूको अघिबाट सरेर पछाडिपट्टि गयो।
तब, यहोशूले पूजाहारीहरूलाई भने, “करारको सन्दूक लेऊ अनि मानिसहरूको अघि गएर नदी पारी जाऊ।” यसकारण पूजाहारीहरूले सन्दूक उठाए अनि बोकेर मानिसहरूको अगाडी गए।
तिमीले अन्धाका आँखाहरू खोलि दिने छौ, अनि तिनीहरूले देख्न सक्नेछन्। धेरै मानिसहरू कैदमा छन, तिमीले तिनीहरूलाई स्वतन्त्र पार्नेछौ, धेरै मानिसहरू अन्धकारमा बस्दछन् तिमीले तिनीहरूलाई त्यस कदैबाट निकाल्नेछौ।
परमप्रभु शक्तिशाली सैनिक जस्तो बाहिर निस्केर जानु हुनेछ। उहाँ युद्ध गर्न तयार भएको मानिस जस्तो हुनुहुनेछ। उहाँ साह्रै उत्तेजित हुनुहुनेछ। उहाँले चिच्याउनु हुनेछ र जोडले कराउनु हुनेछ अनि उहाँले शत्रुहरूलाई पराजित गर्नुहुनेछ।
आफैले अभिषेक गर्न भएको राजालाई यी निम्न कुराहरू परमप्रभुले कोरेसको बारेमा भन्नुहुन्छ।“म कोरेसको दाहिने हात समाउनेछु। राजाहरूका शक्ति लिनलाई म उसलाई सहायता गर्नेछु। शहरका ढोकाहरू कोरेसलाई बन्द हुनेछैन, म शहरका प्रवेशद्वारहरू खोली दिनेछु अनि कोरेस शहर भित्र जानेछ।”
तिमीहरूले कैदीहरूलाई भन्ने छौ, ‘कैदबाट तिमीहरू बाहिर आऊ। अन्धकारमा बस्ने मानिसहरूलाई तिमीहरूले भन्नेछौ, ‘अन्धकारबाट निस्क।’ यात्रा गरिरहेका बेलामा मानिसहरूले खानेछन्। रित्तो पहाडहरूमा तिनीहरूले खानेकुरा पाउनेछन्।
जब बलवान सिपाहीले युद्धमा धन जित्दछ, तिमीहरूले उबाट त्यो धन लिन सक्तैनौ। जब शक्तिपूर्ण सिपाहीले कैदीलाई पहरा दिनछन् त्यो कैदी भाग्न सक्तैन्।
जाग! जाग! हे परमप्रभुको बाहु, बलवान बन्। आफ्नो बल चलाऊ जसरी तिमीहरूले धेरै अघि गरेका थियौ। जसरी तिमीहरूले प्राचीन कालमा गरेका थियौ। तिमीहरूसंग राहाबलाई पराजित गरेको त्यो शक्ति छ। तिमीहरूले अजीङ्गरलाई पराजित गर्यौ।
परमप्रभु भन्नुहुन्छ, “म मात्रै हुँ तिमीहरूलाई सान्त्वना दिने। यसैले तिमीहरू किन मानिसहरूसँग डराउँछौ? तिनीहरू मानिसहरू मात्र हुन् जो बाँच्छन र मर्छन तिनीहरू मानिस जातिहरू हुन तिनीहरू घाँस जस्तै मर्दछन्।”
तिमीहरू कैदबाट मुक्त हुनेछौ, तर तिनीहरूले तिमीहरूलाई छोडन हतार गर्दैनन्। तिमीहरू बलपूर्वक खेदिनेछैनौ। तिमीहरू हिँडनेछौ अनि तिमीहरूसँग परमप्रभु हिँडनुहुनेछ। परमप्रभु तिमीहरूका सामुने जानुहुनेछ अनि इस्राएलका परमेश्वर पछिल्तिर हुनुहुनेछ।
मैले मेरो शक्ति-प्रमाण र सबै जातिहरूकालागि दाऊदलाई बनाएँ। मैले दाऊदलाई वचन दिएँ कि उ धेरै जातिहरूका शासक र सेनापति हुनेछ।”
परमप्रभुले हेर्नु भयो र कतै पनि कुनै मानिस नभएकोले उहाँ छक्क पर्नुभयो जससँग उभिएर बोल्न सकिन्छ। यसकारण परमप्रभुले आफ्नो शक्ति प्रयोग गर्नु भयो र साथै आफ्नै धार्मिकता चलाउनु भयो अनि मानिसहरूलाई उद्धार गर्नु भयो।
परमप्रभु भन्नुहुन्छ, “अब समय आइरहेछ कि म दाऊदको कुलमा एउटा धार्मिक शाखा स्थापित गर्नेछु। उसको ज्ञानले शासन चलाउनेछ र धर्म र न्याय गर्नेछ।
परमप्रभु भन्नुहुन्छ, “बाबेल! तिमी मेरो डण्डा हौं, मेरो युद्धको हतियार। मैले त्यस जाति जातिहरूलाई टुक्राउनु र ध्वंश पार्नुलाई चलाएँ।
त्यसपछि म तिनीहरूमाथि एकजना गोठाला आफ्नो दास दाऊदलाई राख्नेछु। त्यसले तिनीहरूलाई आफै खुवाउँछ अनि तिनीहरूको गोठाला हुन्छ।
जब तपाईंले त्यस मूर्तिलाई हेरिरहनु भएको थियो तपाईंले एउटा चट्टान देख्नुभयो। चट्टान मानिसद्वारा काटिएको थिएन। चट्टानले फलाम र माटोले बनिएका मूर्तिको खुट्टाहरूलाई टुक्रा-टुक्रा पार्यो।
“ती राज्यहरूको समयमा स्वर्गका परमेश्वरले एउटा राज्य बनाउनु हुनेछ जुन कहिल्यै नाश हुने छैन न त त्यो राज्य कुनै अरू मानिसको हातमा दिइनेछ। यसले अन्य सबै राज्यहरूलाई ध्वंश पार्नेछ र तिनीहरूको अन्त्य गरिदिनेछ। तर त्यो राज्य सदा-सर्वदा रहनेछ।
तब यहूदाका अनि इस्राएलका मानिसहरू एकैसाथ भेला हुनेछन। तिनीहरूले आफ्ना निम्ति एकजना शासक रोज्नेछन। तिनीहरू त्यस जग्गाबाट फर्किनेछन जहाँ तिनीहरू कैद थिए। साँचै नै यिज्रेलका निम्ति महान कार्य हुनेछ।”
“तिम्री आमासित तर्क गर, किनभने तिनी मेरी पत्नी होइनन् अनि म तिनको लोग्ने होइन। तिनलाई भन ‘वेश्या जस्तो हुन छाड। उसलाई आफ्नो स्तनहरू प्रेमीहरूदेखी टाडा राख्नु भन।
त्यसपछि इस्राएलका मानिसहरू फर्किने छन। तब परमप्रभु आफ्ना परमेश्वरको र राजा दाऊदको खोजीमा लाग्नेछन्। अन्तमा तिनीहरू परमप्रभु र उहाँको उद्धारतातिर आउँनेछन्।
“के म उनीहरूलाई पातालको शक्तिदेखि बचाऊँ? के म उनीहरूलाई मृत्यु देखि मुक्त गराऊँ? हे मृत्यु! तेरो विध्वंशक प्रकोप कहाँ छ? हे चिहान तेरो शक्ति कहाँ छ? मेरो आखाँबाट अब दया लुकेकोछ।
‘लङ्गडाहरुलाई’ एउटा बेचेको भाग र फ्याँकिएकाहरुलाई एउटा सामर्थी जाति तुल्याउनेछु।” तिनीहरुमाथि सियोनमा परमप्रभुले अब देखि सदा-सर्वदै राज्य गर्नुहुनेछ।
परमप्रभु तिनीहरू अघि प्रकट हुनुहुनेछ अनि आफ्नो काँड बिजुली चम्के जस्तै चलाउँनु हुनेछ। परमप्रभु परमेशवरले तुरही बजाउँनुहुनेछ अनि सेनाहरू मरूभूमिमा आँधिजस्तै अघाडी बढ्नेछन्।
तिनीहरू शक्तिशाली मानिसहरू जस्तै हुनेछन्। तिनीहरूले युद्धमा आफ्नो शत्रुहरूलाई गल्लीको हिलो जस्तै कुल्ची-मिल्ची पारी पराजित गर्नेछन्। उनीहरूले युद्ध गर्नेछन् किनभने परमप्रभुले उनीहरूलाई साथ दिनुहुनेछ अनि उनीहरूले शत्रुको घोड सवारलाई पनि पराजित गर्नेछन्।
परमप्रभुले आफ्ना मानिसहरूलाई शक्तिशाली बनाउँनु हुनेछ अनि तिनीहरू उहाँको नाउँको लागि जीवित रहनेछन्। परमप्रभुले यी सबैकुरा भन्नुभयो।
तर त्यदिन, म यरूशलेमलाईसबै जातिहरूको लागि गह्रै ढुङ्गा जस्तो बनाईदिनेछु अनि जसले त्यसलाई उठाउँने कोशिश गर्छ त्यो नै घाइते हुनेछ। तर पृथ्वीका सबै जातिहरू एकै साथ आउँनेछन् अनि यरूशलेमको बिरूद्धमा लडनेछन्।
मेरो भेडाहरू मेरो आवाज सुन्दछन्। म तिनीहरूलाई जान्दछु र तिनीहरूले मलाई पछ्याउँदछन्।
एउटा मानिसको कारण्ले पनि मानिसहरूमा मृत्यु आएको हो। यसर्थ एउटै मानिस को कारणले पनि मृत्युबाट बौराई आयो।
केही समयको निम्ति येशू स्वर्गदूतहरू भन्दा निम्नको बनाइनुभएको थियो। तर अहिले हामी उहाँलाई आदर र महिमाको मुकुट लगाउनु भएको देख्छौ किनकि उहाँले कष्ट भोग्नु भयो र क्रूसमा मर्नुभयो। किनभने परमेश्वरको अनुग्रहले येशूले प्रत्येक व्यक्तिका निम्ति मृत्युको अनुभव गर्नुभयो।
ती छोराछोरीहरू भौतिक शरीमा छन् जो मानिसहरू हुन्। अनि येशू पनि ती मानिसहरू जस्तै बन्नुभयो र तिनीहरूको जस्तै अनुभव बटुल्नु भयो। त्यसैकारण उहाँले मृत्युलाई अङ्गालेर त्यसलाई अर्थात शैतानलाई नष्ट गर्नुभयो जस सित मार्ने शक्ति छ।
येशू अघिबाटै त्यस ठाउँमा पसिसकनुभएको छ र हाम्रोलागि बाटो खोलिदिनुभएको छ। यसरी येशू मल्कीसेदेक जस्तै प्रधान पूजाहारी बन्नु भएको छ।
सिंहासनको माझमा भएको भेंडाको पाठा तिनीहरुको गोठालो हुनु हुनेछ। उनले तिनीहरुलाई पानीको मुलतिर लानेछन् जसले जीवन प्रदान गर्नेछन्। अनि परमेश्वरले तिनीहरुका आँखाबाट प्रत्येक थोपा आँसु पुछिदिनेछन्।”
तिनीहरुले परमेश्वरको थुमासित लडाईं गर्नेछन्। तर परमेश्वरको थुमाले तिनीहरुलाई परास्त गर्नेछ, किनभने जहाँ प्रभुहरुका परमप्रभु अनि राजाहरुका राजा हुनुहुन्छ। उहाँले तिनीहरुलाई उहाँद्वारा चुनिएका अनि बोलाइएका विश्वासी चेलाहरुद्वारा परास्त गर्नुहुनेछ।”
तिनले रगतमा डुबाएको पोशाक पहिरेका थिए। तिनको नाउँ परमेश्वरको वचन हो।