Home Bibles भजनसंग्रह 65:6 · नेपाली बाइबल
भजनसंग्रह 65:6 · नेपाली बाइबल

परमेश्वरले आफ्ना शक्तिद्वारा पर्वतहरू बनाउनु भयो। हामीले उहाँका शक्तिहरू हाम्रा वरिपरी देख्छौ।

Cross references

1 शमूएल 2:4

शूरबीर र योद्धाहरूका धनु भाँचिएका छन् अनि दुर्बलहरू बलिया भएका छन्।

भजनसंग्रह 24:2

परमप्रभुले पानीमाथि पृथ्वी बनाउनु भयो उहाँले यसलाई नदीहरूमा बसाउनु भयो।

भजनसंग्रह 93:1

परमप्रभु राजा हुनुहुन्छ। उहाँले वैभवी अनि सामर्थ्यपूर्ण पोषाकहरू लगाउनु हुन्छ। उहाँ तयार हुनुहुन्छ यसैले सारा संसार सुरक्षित छ, यो नष्ट हुनेछैन।

भजनसंग्रह 119:90

तपाईं सदा-सर्वदा विश्वासी हुनुहुन्छ। हे परमप्रभु, तपाईंले पृथ्वी सृजना गर्नुभयो, अनि यो अझ विश्वासयोग्य हुनुहुन्छ।

यशैया 12:2

परमेश्वरले मलाई बचाउनु हुन्छ। म उहाँमाथि भरोसा गर्दछु। म डराउने छैन्। परमप्रभु परमेश्वर मेरो बल हुनुहुन्छ। उहाँले मलाई बचाउनु हुन्छ। अनि म उहाँको महिमाको गुणगान गर्नेछु।

यशैया 45:22

टाढामा भएका सारा मानिसहरूले ती झुटा देवताहरू पछ्याउन छोडनु पर्छ। तिमीहरूले मलाई पछ्याउनु पर्छ र बाँच्ने छौ। म परमेश्वर हुँ। त्यहाँ अन्य देवता छैन्। म परमेश्वर हुँ।

यशैया 51:9

जाग! जाग! हे परमप्रभुको बाहु, बलवान बन्। आफ्नो बल चलाऊ जसरी तिमीहरूले धेरै अघि गरेका थियौ। जसरी तिमीहरूले प्राचीन कालमा गरेका थियौ। तिमीहरूसंग राहाबलाई पराजित गरेको त्यो शक्ति छ। तिमीहरूले अजीङ्गरलाई पराजित गर्यौ।

यशैया 63:1

एदोमबाट को आइरहेछ? उ बोज्राबाट आउँदछ। अनि उसको पोशाकहरूमा चहकिलो रातो रंगका दागहरू छन्। उसको तेजस्वी उसकै पोशाकहरूमा छ। ऊ पराक्रमी स्वरूप महान शक्तिसँग आइरहेछ। उसले भन्दछ, “तिमीहरूलाई बचाउने मसँग शक्ति छ। अनि म सत्य बोल्छु।”

मीका 6:2

परमप्रभु आफ्ना मानिसहरुलाई आरोप गर्नु हुन्छ। पहाडहरु आफ्ना परमप्रभुको आरोप सुन, अटल रहने पृथ्वीका जगहरु हो, परमप्रभुको आरोप सुन, उहाँले प्रमाणित गर्नुहुनेछ कि इस्राएल देषी छ।”

हबकूक 3:6

परमप्रभुले उभिएर पृथ्वीको नाप गर्नु भयो। उहाँले सबै जातिका मानिसहरुलाई तीब्र दृष्टिले हेर्नु भयो र तिनीहरु डरले काम्न थाले अनि प्राचीन पहाडहरु ढलेर टुक्रा-टुक्रा भएर फुटे अनि प्राचीन पहाडहरु ढले परमेशवर सदा यस्तै हुनुहुन्छ।

Interlinear

Choose Theme