हे परमेश्वर, तपाईंको शक्ति प्रयोग गरेर मलाई बचाउनु होस्। मलाई स्वतन्त्रपार्नलाई तपाईंको शक्ति प्रयोग गर्नुहोस्।
Cross references
तब परमेश्वरले मोशालाई भन्नुभयो, “म जो हुँ’ त्यही हुँ तिनीहरूलाई भनिदेऊ, ‘म हुँ,’ भन्नेले तिमीलाई तिनीहरूकहाँ पठाएको हो।”
त्यस स्वर्गदूतले भनेको मान र उसलाई पछ्याऊ। त्यसको विरोध नगर। त्यस स्वर्गदूतले तिमीहरूले गरेको कुनै प्रकारको भूल काम क्षमा गर्ने छैन। मेरो शक्ति उससंग छ।
परमप्रभु उनी भएकहाँ तल पर्वतमाथि बादलमा आउनु भयो अनि मोशाको अघि उभिनु भयो। मोशाले परमप्रभुको नाउँको उच्चारण गरे।
जीपका बासिन्दाहरू गिबामा शाऊललाई भेट्न आए। तिनीहरूले शाऊललाई भने, “दाऊद हाम्रै क्षेत्रमा लुकेरहेका छन्। ऊ हकीला पहाडको होरेश नाउँको किल्लामा छन्, जो यशीमोनको दक्षिणमा पर्छ।
जीपीका मानिसहरू शाऊललाई भेट्न गिबा गए। तिनीहरूले शाऊललाई भने, “हकीलाको पहाडमा दाऊद लुक्दैछ। यो पहाड यशीमोन देखि पारि पर्छ।”
तिनले भने,“हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्वर, तपाईं स्वर्गमा परमेश्वर हुनुहुन्छ। तपाईंले सबै राष्ट्रहरूका सबै देशहरूमाथि शासन गर्नु हुन्छ। तपाईंसित शक्ति अनि बल छन्। कुनै व्यक्ति तपाईंको विरूद्ध उठ्न सक्तैन।
सङ्कष्टहरू परेको बेलामा परमप्रभुले तिम्रो गुहारलाई सुन्नु भएको होस्। याकूबका परमेश्वरले तिम्रो रक्षा गर्नु भएको होस्।
हे परमप्रभु मेरो न्याय गर्नुहोस्। म चोखो भएर बाँचेको छु भनेर प्रमाणित गर्नुहोस्। म परमप्रभुमा भरोसा गर्न कहिल्यै चुकेको छैन।
हे परमेश्वर, एकजना मानिस छ, जो तपाईंका भक्तजन मध्ये एकजना होइन। त्यो मानिस दुष्ट छ र झूटो बोल्दछ। हे परमेश्वर, मेरो रक्षा गर्नुहोस्, अनि प्रमाण दिनु होस् कि म सही छु। मलाई त्यो मानिसबाट बचाउनु होस्।
हे परमेश्वर, तपाईं प्रख्यात हुनुहुन्छ, मानिसहरूले तपाईंलाई पृथ्वीभरि प्रशंसा गर्दछन्। तपाईं कति धार्मिक हुनुहुन्छ भनेर सबैलाई थाहा छ।
हाम्रो परमेश्वर, अनि रक्षक, हामीलाई सहायता दिनुहोस्! बचाउनु होस र त्यसले तपाईंको नाउँमा गौरव ल्याउनेछ। तपाईंको असल नाउँ सुनाउँको लागि हाम्रो पापहरू मेटाइदिनु होस्।
शक्तिशाली राजाले न्याय मनपराउनु हुन्छ। परमेश्वर, तपाईंले मंगलमयता बनाउनु भयो। तपाईंले याकूबमा धार्मिकता र निष्पक्षता ल्याउनुभयो।