Home Bibles भजनसंग्रह 38:17 · नेपाली बाइबल
भजनसंग्रह 38:17 · नेपाली बाइबल

म जान्दछु गल्ती कार्यहरू गरेकोले म दोषी छु। म मेरो पीडा बिर्सिन सक्तिनँ।

Cross references

भजनसंग्रह 6:6

हे परमप्रभु, रातभरि मैले तपाईंलाई प्रार्थना गरिरहें। मेरो आँसुले ओछ्यान लथ्‌पथ् भिजेको छ। आँसु मेरो ओछ्यानबाच तप-तप तप्किरहेछ। म तपाईंको लागि कराएर, चिच्याएर थाकिसकें।

भजनसंग्रह 13:5

हे परमप्रभु, आफ्नो सहयोगको निम्ति मैले तपाईंको प्रेममा भरोसा गरें। तपाईंले मलाई बचाउनु भयो र सुखी बनाउनु भयो!

भजनसंग्रह 35:15

तर जब मैले भूल गरें। ती मानिसहरू ममाथि हाँसे। तिनीहरू साँच्चै नै मेरा मित्रहरू थिएनन्, म तिनीहरूलाई चिन्दा पनि चिन्दैन थिएँ। तर तिनीहरूले मलाई धेरैपल्ट आक्रमण गरे।

भजनसंग्रह 35:19

मेरो झूटा बोल्ने शत्रुहरू वास्तवमा ममाथि हाँसिरहने छैनन्। निःसन्देह मेरा शत्रुहरूले आफ्ना गुप्त योजनाहरूको दण्ड पाउनेछन्।

भजनसंग्रह 38:6

म कुप्रिएँ र साह्रै ज्यादा झुकेको छु, म दिनभरि हताश-हताश हुन्छु।

भजनसंग्रह 77:2

मेरो स्वामी, जब म संकटमा परें म तपाईं कहाँ आएँ तपाईंलाई पाउने प्रयासमा म रातभरी जागें र पनि आत्मामा शान्ति भएन।

यशैया 53:3

मानिसहरूले उसलाई हाँसोको पात्र बनाए अनि आफ्नो साथीहरूले उसलाई छाडिदिए। ऊ पीडा नै पीडाले भरिएको मानिस थियो। ऊ राम्रो प्रकारले निको हुनेछ भनेर जान्दथे। मानिसहरूले उसलाई हेर्न दिएनन्। हामीले उसलाई ध्यानै दिएनौं।

मीका 4:6

परमप्रभु भन्नुहुन्छ, “लङ्गडाहरुलाई म त्यसदिन जम्मागर्नेछु अनि धपाईएकाहरुलाई र तिनीहरु जसलाई मैले दण्ड दिएको थिएँ, म भेला गर्नेछु।

Interlinear

Choose Theme