परमप्रभु भन्नुहुन्छ, “लङ्गडाहरुलाई म त्यसदिन जम्मागर्नेछु अनि धपाईएकाहरुलाई र तिनीहरु जसलाई मैले दण्ड दिएको थिएँ, म भेला गर्नेछु।
Cross references
म जान्दछु गल्ती कार्यहरू गरेकोले म दोषी छु। म मेरो पीडा बिर्सिन सक्तिनँ।
परमप्रभुले यरूशलेम बनाउनु भयो। परमेश्वरले इस्राएल वासीहरूलाई फेरि फर्काई ल्याउनु भयो, जसलाई कैदी बनाएर थुनिएको थियो।
कमजोर पाखुराहरू फेरि बलियो पार। कमजोर गोडाहरू दरिलो पार।
परमप्रभु मेरो मालिकले ती कुराहरू इस्राएलका मानिसहरूलाई भन्नुभयो जसलाई आफ्नो देश छोडन बाध्य गराइयो। तर परमप्रभुले तिनीहरूलाई एकसाथ भेला गर्नुहुनेछ। परमप्रभु भन्नुहुन्छ, “म ती मानिसहरूलाई फेरि एक पल्ट भेला गर्नेछु।”
ती दिनहरूमा, यहूदाका परिवारहरू इस्राएलका परिवारमा सम्मिलित हुनेछ। तिनीहरू उत्तरमा भएको भूमिबाट सँगै आउनेछन। तिनीहरू मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको भूमिमा आउनेछन।
अनि म तिमीहरूका स्वास्थ्य निको पारिदिनेछु। अनि म तिमीहरूका घाउ निको पार्ने छु।” यो परमप्रभुको सन्देश हो, “किनभने अन्य मानिसहरूले तिमीहरूलाई कसैले पनि सियोनको वास्ता गर्दैन भन्दै बहिष्कार गरिएको भनेका छन्।”
हेर, म तिनीहरूलाई उत्तरबाट र टाढो-टोढो देशहरूबाट ल्याउनेछु अनि भेला पार्नेछु। तिनीहरू मध्ये कतिपय मानिसहरू अन्धा र लङ्गडाहरू छन्। कतिपय स्त्रीहरू गर्भवती छन् अनि तिनीहरू मध्ये कति जना प्रसव पीडामा छन्। तर धेरै धेरै मानिसहरू फर्की आउनेछन्।
यदि कुनै गोठाला आफ्नो भेडासँग त्यस समयमा छ, जब उसको भेडा टाढा जान थाल्यो भने उसलाई खोज्न म जान्छु। यस्तै प्रकारले म आफ्नो भेडाहरूको खोजी गर्नेछु। म आफ्नो भेडालाई बचाउँनेछु म उनीहरूलाई त्यो ठाँउबाट फर्काएर ल्याउँछु जहाँबाट अँध्यारो अनि धुम्मिएको दिनमा तितर-बितर भएका थिए।
“म हराएको भेडाको खोजी गर्नेछु। म ती भेडाहरूलाई फर्काएर ल्याउँछु जुन तितर-बितर भएका छन्। म ती भेडाहरू जसलाई चोट लागेकोछ मलम पट्टी लगाई दिन्छु। म कमजोर भेडालाई बलियो बनाउँछु। तर म ती मोटा अनि शक्तिशाली गोठालाहरूलाई नष्ट पारिदिन्छु। म तिनीहरूलाई दण्ड दिन्छु जसको तिनीहरू भागिदारछन्।”
परमेश्वरले भन्नुभयो, “म तिमीलाई ती राष्ट्रहरूबाट बाहिर निकालेर एकै ठाँउमा जम्मा गर्छु अनि तिमीलाई तिम्रो आफ्नो देशमा ल्याउँछु।
मानिसहरूलाई भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ ‘म इस्राएलका मानिसहरूलाई त्यो राष्ट्रहरूबाट ल्याउँछु, जहाँ उनीहरू गएका छन्। म उनीहरूलाई चारैतिरबाट एकत्रित पार्छु। अनि तिनीहरूलाई तिनीहरूको आफ्नो देशमा ल्याउँछु।
यसकारण परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “अब म याकूबको परिवारमा सुदिन फर्काई ल्याउनेछु। मैले पुरै इस्राएलको परिवारमाथि दया गरेकोछु। म आफ्नो पवित्र नामको निम्ति म जोशिलो हुनेछु।
हो, हे याकूब म निश्चयनै तिमीहरु सबैलाई भेला गर्नेछु। म इस्राएलका बाँचेका सबैलाई भेला पर्नेछु। म तिनीहरुलाई गोठका भेडा बाख्राहरु र र्खकका बिचमा बथान झैं एकै ठाउँमा भेलापार्नेछु। फेरि त्यो स्थान धेरै मानिसहरुको भिडले खचाखच र हल्ला- खल्ला हुनेछ।
त्यस समय, म ती मानिसहरूलाई दण्ड दिनेछु जसले तिमीलाई चोट पुर्याए। मानिसहरू जो घायल छन् म तिनीहरूलाई बचाउँछु। म छरपष्ट भएका मेरा मानिसहरूलाई जम्मागर्नेछु अनि म तिनीहरूलाई प्रशिद्ध बनाउँनेछु जता-ततैका मानिसहरूले तिनीहरूको प्रशंसा गर्नेछन्।
मानिसको पुत्र हाराएको मानिसहरूलाई खोज्नु र उद्धार गर्न आएको छ।”:14-30)
मसंग अन्य भेडाहरू पनि छन्। तिनीहरू यस झुण्डमा छैनन्। मैले तिनीहरूलाई पनि अगुवाई गर्नु पर्छ। तिनीहरूले मेरो आवाज सुन्नेछन्, तब तिनीहरू एउटै झुण्डमा हुनेछन् तब त्यहाँ, एउटा बगाल अनि एउटै गोठालो हुदँछ।
तिमीहरू कमजोर भएका छौ। त्यसैले आफूलाई फेरि दरिलो बनाऊ।