दुष्ट मानिसहरूले झट्टै पैसा ऋण लिन्छन् अनि कहिल्यै ती ऋण चुक्ता गर्दैनन्, तर धर्मी जनहरूले उदारतापूर्वक अरूलाई दिंदछन्।
Cross references
“सातौं वर्ष जो ऋण माफ गरिने वर्ष हो र यसको निहुँमा कसैलाई सहायता गर्न अस्वीकार नगर। तिमीहरूको मनमा दुष्ट विचारलाई पस्न नदेऊ। जुन मानिसलाई केही सहायताको खाँचो छ उसको विषयमा दुष्ट विचार नगर। यदि तिमीहरूले त्यस गरीब मानिसलाई सहायता गर्न अस्वीकार गरे उसले परमप्रभुलाई आरोप गर्नेछ र तिमीहरूलाई परमप्रभुले पापको दोषी लाग्नेछ यसकारण गरीब मानिसलाई सहायता दिन अस्वीकार नगर।
आशिषको भण्डार खोलेर परमप्रभुले तिमीहरूको खेतीको निम्ति ऋतुमा झरी पठाउनु हुनेछ। तिमीहरू जे गर्छौ सबैमा आशीर्वाद दिनु हुनेछ। तिमीहरूले अरू राष्ट्रहरूलाई रूपियाँ ऋण दिनेछौ तर तिमीहरूलाई तिनीहरूबाट ऋण लिन आवश्यक पर्नेछैन।
तिमीहरूले आफ्नो शक्ति गुमाउने छौ तर तिमीहरूमाझ बस्ने विदेशीहरू धेरै शक्तिशाली हुनेछन्।
अगमवक्ताहरूका समूह मध्ये एउटाकी पत्नीले एलीशालाई यसो भनेर बिन्ती गरिन्, “तपाईंको दास मेरो पति अहिले मरे। तपाईलाई थाहै छ कि उनले परमप्रभुको सम्मान गर्दथे। तर उनले एक जना मानिसको ऋण लिएका थिए। र अहिले त्यो मानिसले मेरो दुइजना छोराहरूलाई लिन र तिनीहरूलाई आफ्नो दास बनाउन आइरहेको छ।”
अहिले साधारण मानिस अनि तिनीहरूका पत्नीहरूले आफ्ना सहदर यहूदीहरूको विरूद्धमा विरोध जनाउन थाले।
गरीबहरूलाई तिनीहरूको चाहिएका कुरा दिनलाई मैले इन्कार गरेको छैन, विधवाहरूलाई सहायता बिना राखेको छैन।
मानिसको लागि दयालु र उदार हुनु उत्तम हो। एक मानिसको लागि आफ्नो व्यापारमा स्पष्ट हुनु असल हो।
त्यस्तो मानिस जसले आफ्नो इच्छा अनुसार गरीब मानिसहरूलाई चीजबीजहरू दिंदछ। अनि उसको उपकार सर्वदा रही रहने छ।
धनी मानिसहरूले गरीब मानिसहरूलाई शासन गर्छन् अनि उधारो लिनेहरू उधारो दिनेहरूको कमारा बन्छन्।
तर असल अगुवाको योजनाहरू राम्रो काम गर्नलाई नै हुँदछ। अनि ती असल कुराहरूले नै उसलाई असल अगुवा बनाउदैछ।
म चाहन्छु कि तिमीहरूले आफ्ना भोजन भोका मानिसहरूसँग बाँडेर खानेछौ। म चाहन्छु कि तिमीहरूले घर नभएका गरीब मानिसहरूलाई खोजेर आफ्नो घरहरूमा आश्रय दिनेछौ। जब तिमीहरूले नाङ्गो वस्त्रहीन मानिस देख्यौ भने त्यसलाई आफ्ना लुगाहरू दिनेछौ। ती मानिसहरूलाई सहयोग गर्न नचुक, तिनीहरू पनि तिमीहरू जस्तै नै हुन्।”
जसले माग्छ हरेकलाई देऊ। यदि कसैले तिम्रो केही लगेकोछ भने उसलाई त्यो चीज फर्काई नमाग।
चेलाहरूले यहूदीयामा बस्ने आफ्ना दाज्यू-भाइ र दिदी-बहिनीहरूलाई सहायता पठाउने निर्णय गरे। प्रत्येकले आफूले जति सकिन्छ दिने निर्णय लिए।
मैले तिमीहरूलाई सधैं म जस्तै खट भनेर देखाएँ अनि जो दुर्बल छन् तिनीहरूलाई मद्दत गर भनें। मैले प्रभु येशूको वचन याद गर्न सिकाँए। येशूले भन्नुभयो, ‘लिनु भन्दा पनि दिनुमा नै धेरै आनन्द छ।”‘