Home Bibles भजनसंग्रह 34:2 · नेपाली बाइबल
भजनसंग्रह 34:2 · नेपाली बाइबल

नम्र मानिसहरू! सुन र खुशी बन। मेरो प्राणले परमप्रभुको विषयमा घमण्ड गर्दछ।

Cross references

अय्यूब 1:21

उनले भनेः“जब म यस संसारमा जन्मको थिएँ, म नाङ्गै थिएँ, अनि मसँग केही पनि थिएन। जब म मर्छु अनि यो संसार छाडेर जान्छु, म नाङ्गै नै जानेछु, अनि मसँग केही रहनेछैन। परमप्रभुले दिनुभयो, अनि परमप्रभुले लानु भयो। परमप्रभुको नाउँको प्रशंसा होस्।”

भजनसंग्रह 22:22

हे परमप्रभु, म तपाईंको विषयमा मेरा दाज्यू-भाइहरूलाई भन्नेछु। महासभामा म तपाईंको प्रशंसा गाउनें छु।

भजनसंग्रह 32:5

तर त्यसपछि मैले आफ्ना सारा पापहरू परमप्रभु समक्ष स्वीकार गर्ने निर्णय लिएँ। परमप्रभु, मैले आफ्ना पापहरू तपाईंलाई भनें। मेरा दोषहरू तपाईं देखि कुनै पनि लुकाइँन। अनि तपाईंले मेरो सारा पापहरू क्षमा गरिदिनु भयो!

भजनसंग्रह 44:8

हामीले दिनभरि नै परमेश्वरको स्तुति-गान गाएका छौं। अनि तपाईंको नाउँको प्रशंसा सदा सर्वदा गर्नेछौं!

भजनसंग्रह 105:3

परमप्रभुको पवित्र नाउँमा घमण्ड गर। तिमीहरू परमप्रभुलाई खोज्दै-खोज्दै आई पुग्यौ त्यसैले अब खुशी हौ।

भजनसंग्रह 119:74

हे परमप्रभु! तपाईंका भक्तजनहरूले मलाई हेर्दछन् र आदर गर्दछन्। तिनीहरू खुशी छन् किनभने तपाईंले जे भन्नुभयो मैल त्यसैमा विश्वास गरें।

भजनसंग्रह 142:7

मलाई यस फन्दाबाट छुटकारा पाउनलाई सहायता दिनुहोस ता कि म तपाईंको नाउँको प्रशंसा गर्न सकूँ अनि धर्मी मानिसहरू मसँग मिलेर उत्सव मनाउने छन्। किनभने तपाईंले मलाई हेरचाह गर्नुहुन्छ।

यशैया 45:25

असल काम गर्नका लागि परमप्रभुले इस्राएलका मानिसहरूलाई सघाउनु हुनेछ, अनि मानिसहरू तिनीहरूका परमेश्वरसित अत्यन्त आनन्दित हुनेछन्।

यर्मिया 9:24

तर यदि कसैले गर्व भने, उसले यस विषयमा गर्व गरोस्। म परमप्रभुलाई चिन्छु र जान्दछु र उहाँ नै परमप्रभु हुनुहुन्छ जसले पृथ्वीमा न्याय, दया र र्धमिकताको व्यवहार गर्नुहुन्छ। किनभने म यी कुराहरूमा नै आनन्द लिन्छु।”

1 कोरिन्थी 1:31

जस्तो धर्म शास्त्रले भन्छ, “कसैले गर्व गर्छ भने उसले केवल प्रभुमा गर्व गरोस्।”

2 कोरिन्थी 10:17

तर “जसले गर्व गर्छ उसले प्रभुमा गर्व गर्नु पर्छ।”

1 तिमोथी 1:15

म जे भन्दैछु त्यो सत्य हो अनि तिमीले यसलाई पूर्णरूपले स्वीकार गर्नुपर्छः ख्रीष्ट येशू पापीहरूलाई बचाउनु यस संसारमा आउनुभयो। म पापीहरूमा पनि महापापी हुँ।

Interlinear

Choose Theme