Home Bibles ☰ Books 2 कोरिन्थी 10:17 · नेपाली बाइबल
2 कोरिन्थी 10:17 · नेपाली बाइबल

तर “जसले गर्व गर्छ उसले प्रभुमा गर्व गर्नु पर्छ।”

Cross references

भजनसंग्रह 105:3

परमप्रभुको पवित्र नाउँमा घमण्ड गर। तिमीहरू परमप्रभुलाई खोज्दै-खोज्दै आई पुग्यौ त्यसैले अब खुशी हौ।

भजनसंग्रह 106:5

हे परमप्रभु, मलाई राम्रो कुराहरूमा सहभागी हुन दिनुहोस् जुन तपाईंले आफ्ना रोजेको मानिसहरूको निम्ति गर्नुभयो। मलाई तपाईंका मानिसहरूसित प्रफुलित हुन दिनुहोस्। मलाई तपाईंका मानिसहरूसँग गुण-गान गर्न दिनुहोस्।

यशैया 41:16

तिमीले तिनीहरूलाई बतास फ्याँकी दिनेछौ, अनि तिनीहरूलाई उडाएर लैजाने छ र छरपष्ट पारिदिने छ। तब तिमी परमप्रभुमा रमाहट हुनेछौ। तिमी इस्राएलका पवित्र परमप्रभुसँग गर्व गर्नेछौ।”

यशैया 45:25

असल काम गर्नका लागि परमप्रभुले इस्राएलका मानिसहरूलाई सघाउनु हुनेछ, अनि मानिसहरू तिनीहरूका परमेश्वरसित अत्यन्त आनन्दित हुनेछन्।

यशैया 65:16

अहिले जो तिमीहरूले पृथ्वीको नाउँमा आशिर्वाद दिइरहेका छन्। तिनीहरूले भविष्यमा पनि परमेश्वर जसमाथि भरोसा गर्न सकिन्छ उहाँको नाउँमा आशिर्वाद दिनेछन्। मानिसहरू जसले पृथ्वीमा कसम खाने गर्छन्, तिनीहरूले सत्यका परमेश्वरद्वारा त्यसो गर्छन्। किन? किनभने विगतका पीडाहरू बिर्सिसकेको हुनेछ। मेरा मानिसहरूले फेरि ती पीडाहरू कहिल्यै सम्झिने छैनन्।

यर्मिया 4:2

‘यदि परमप्रभु जीवित हुनुहुन्छ,’ भनी शपथ खान्छौ र त्यसलाई सरलता, इमान्दारी अनि धार्मिकतासित पालन गर्छौ भने जाति-जातिहरू परमप्रभुको नाउँद्वारा जाति-जातिहरू आफै धन्य हुनेछन् अनि उहाँ तिनीहरूका परमेश्वर हुँ भनी गर्व गर्नु हुनेछ।”

यर्मिया 9:23

परमप्रभु भन्नुहुन्छ “ज्ञानीले आफ्ना ज्ञान बारे शेखी गर्नु हुँदैन्। बलवानले आफ्ना शक्ति बारे घमण्ड गर्नु हुँदैन्। धनीले आफ्ना धन बारे अहम् गर्नु हुँदैन्।

रोमी 5:11

यस बाहेक, हामी हाम्रा प्रभु ख्रीष्टको माध्यमबाट परमेश्वरसँग खुशी छौं, येशूको कारणले गर्दा अहिले हामी परमेश्वरका मित्र बनेका छौं।

1 कोरिन्थी 1:29

उहाँको अधि कसैले घमण्ड नगरोस् भनेर नै परमेश्वरले यसो गर्नु भएको हो।

1 कोरिन्थी 1:31

जस्तो धर्म शास्त्रले भन्छ, “कसैले गर्व गर्छ भने उसले केवल प्रभुमा गर्व गरोस्।”

गलाती 6:13

जसले खतना गराऊन बल दिन्छन्, तिनीहरू आफै व्यवस्था मान्दैनन् तर तिमीहरूलाई खतना भने गराउन चाहन्छन्। यदि तिनीहरू आफ्नो इच्छा पूरा गराउन सके तिनीहरू आफुमा गर्व गर्छन्।

फिलिप्पी 3:3

तर हामी साँच्चै खतना गरिएकाछौं। हामी परमेश्वरलाई आत्माद्वारा आराधना गर्छौं। हामीले हाम्रो विश्वास ख्रीष्ट येशूमा राख्नेछौं अनि हामी के गर्न सक्छौ त्यसमा होइन।

याकूब 1:9

यदि विश्वासी निर्धन भए उ र्गवित हुनुपर्छ, किनभने परमेश्वरले उसलाई धनी बनाउनु भएको छ।

Interlinear

Choose Theme