Home Bibles भजनसंग्रह 31:3 · नेपाली बाइबल
भजनसंग्रह 31:3 · नेपाली बाइबल

हे परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ अनि तपाईं मेरो किल्ला हुनुहुन्छ। यसर्थ, तपाईंको सुरक्षाको निम्ति मेरो अगुवाइ गर्नुहोस् र मलाई निर्देश गर्नुहोस्।

Cross references

यहोशू 7:9

कनानी मानिसहरू अनि यो देशका अन्य सबै मानिसहरूले जे भयो त्यस बारे सुन्ने छन्। तब तिनीहरूले हामीलाई आक्रमण गर्नेछन् र हामी सबैलाई मार्नेछन्। तब तपाईंको महान नाउँको रक्षा गर्नका निम्ति तपाईं के गर्नु हुनेछ?”

नहेम्याह 9:12

तपाईंले तिनीहरूलाई दिउँसो बादलको खामो अनि राती आगोको ज्वाला सहित तिनीहरू हिंडनु पर्ने बाटो उज्यालो पारी डोर्याउनु भयो।

नहेम्याह 9:19

तर तपाइको महान करूणाको कारणले गर्दा, तपाईंले तिनीहरूलाई मरूभूमिमा छोडनु भएन, बादलको खामोले तिनीहरूलाई दिनको यात्रामा अगुवाई गर्न रोकनु भएन अनि आगोको मुस्लोले राती तिनीहरू हिंडनु पर्ने बाटो उज्यालो तुल्याउन छोडनु भएन।

भजनसंग्रह 18:2

परमप्रभु मेरो चट्टान हुनुहुन्छ, मेरो किल्ला हुनुहुन्छ। मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ।” मेरो परमेश्वर, मेरो चट्टान हुनुहुन्छ म उहाँकहाँ सुरक्षाको लागि दगुरेर जान्छु। परमेश्वर मेरो ढाल हुनुहुन्छ उहाँको शक्तिले मलाई बचाउँछ। परमप्रभु उच्च पर्वतहरूमा मेरो सुरक्षास्थल हुनुहुन्छ।

भजनसंग्रह 23:2

उहाँले मलाई हरियो घाँसको चौरमा सुताउनुहुन्छ। उहाँले मलाई शान्त तलाउतिर लानु हुन्छ।

भजनसंग्रह 25:5

बाटो देखाउनु होस् र मलाई तपाईंको सत्यताहरू सिकाउनुहोस्। तपाईं मेरो परमेश्वर हुनुहुन्छ, मुक्तिदाता हुनुहुन्छ। म दिनहुँ तपाईंमा भरोसा गर्दछु।

भजनसंग्रह 25:9

जब उहाँ विनम्र मानिसहरूको निम्ति न्याय संगत हुनुहुन्छ। यसरी उहाँले तिनीहरूलाई जिउन सही मार्ग देखाउनु हुन्छ।

भजनसंग्रह 25:11

हे परमप्रभु, मैले धेरै गल्तीहरू गरेको छु। तर, तपाईंको अनुग्रह देखाउनु होस्, मैले जे जति अधर्म कामहरू गरें त्यासलाई क्षमा गरिदिनु होस्।

भजनसंग्रह 43:3

हे परमेश्वर, तपाईंको ज्योति र सत्यता ममाथि चम्कोस, तपाईंको ज्योति अनि सत्यताले मलाई बाटो देखाओस्। तिनीहरूले मलाई तपाईंको पवित्र पर्वत अनि तपाईं बस्ने मन्दिरमा डोर्याउनेछन्।

भजनसंग्रह 71:3

मेरो किल्ला बनिनु होस, त्यो घर जहाँ म बचाऊको निम्ति भागेर जान सक्छु। तपाईं मेरो चट्टान हुनुहुन्छ, मेरो सुरक्षाको ठाउँ। यसैले मलाई बचाउँनलाई आज्ञा दिनुहोस्।

भजनसंग्रह 79:9

हाम्रो परमेश्वर, अनि रक्षक, हामीलाई सहायता दिनुहोस्! बचाउनु होस र त्यसले तपाईंको नाउँमा गौरव ल्याउनेछ। तपाईंको असल नाउँ सुनाउँको लागि हाम्रो पापहरू मेटाइदिनु होस्।

भजनसंग्रह 102:3

मेरो जीवन धुवाँ जस्तो भई बित्दैछ। मेरा जीवन आगो सरह छ जो बिस्तारै जल्छ।

भजनसंग्रह 116:2

जब मैले गुहार माग्दा उहाँले मलाई सहाएता दिनुहुन्छ त्यो मलाई मन पर्छ।

भजनसंग्रह 139:24

मसँग त्यस्तो कुनै पापपूर्ण विचारहरू छ भने हेर्नु होस्, अनि त्यस्तो बाटोमा डोराई लैजानु होस् जुन अनन्त रहनेछ।

भजनसंग्रह 143:10

तपाईंले मलाई के गर्न चाहनुहुन्छ देखाउनु होस्। तपाईं मेरो परमेश्वर हुनुहुन्छ। तपाईंको शुद्ध आत्माले मलाई सही मार्ग निर्देश गरोस्।

यशैया 49:10

मानिसहरू भोको हुने छैनन्। तिनीहरू तिर्खाउने छैनन्। तातो घाम र बतासले तिनीहरूलाई हानि पुर्याउने छैन्। किन? किनभने परमेश्वरले तिनीहरूलाई सान्त्वना दिनुहुनेछ अनि उहाँले तिनीहरूलाई डोर्याउनु हुनेछ। उहाँले तिनीहरूलाई पानीका श्रोतहरूको छेउमा लैजानु हुनेछ।

यर्मिया 14:7

“हे परमप्रभु! हाम्रो अर्ध मेले हामीलाई देखे तापनि आफ्नो नाउँको गौरवका निम्ति केही गर्नु होस्। हामी भन्छौ कि हामीले धेरै पल्ट तपाईंलाई त्यागेका हौं अनि तपाईंको विरूद्ध पापहरू गरेका छौं।

इजकिएल 36:21

“इस्राएलका मानिसहरूले मेरो पवित्र नाम सबै तिर बदनाम गरे। मैले आफ्नो नामका निम्ति दुख अनुभव गरे।

लूका 1:79

उहाँले अन्धकारमा बसेका, मृत्युको डरमा परेकाहरूलाई मदत गर्नु हुनेछ। उहाँले हामीलाई शान्तिको मार्गतिर पथ-प्रदर्शन गर्नु हुनेछ।”

यूहन्ना 16:13

तर जब सत्यको आत्मा आउँदछ, उहाँले भविष्यका कुराहरू घोषणा गर्नु हुनेछ। उहाँले आफ्नो कुराहरू भन्नु हुनेछैन् उहाँले जे सुन्नु हुन्छ त्यही बताउनु हुन्छ।

एफिसी 1:12

ख्रीष्टमा आशा राख्ने हामी पहिलो जन हौं। अनि हामी छानिएका हौं ताकि उहाँको महिमामा हामीले प्रशंसा ल्याउन सकौं।

Interlinear

Choose Theme