तर येशूले ती यहूदीहरूलाई भन्नुभयो, “तिमीहरू यहाँ तलबाट आएका हौ। तर माथिबाट आएको हुँ। तिमीहरू यस संसारका हौ, तर म यस संसारको होइन।
Cross references
मैले जहाँसम्म एकजना मानवको निम्ति सम्भव छ त्यतिनै मैले तपाईंको आज्ञाहरू पालन गर्ने चेष्टा गरेको छु।
वचन शरीर हुन आए र हामी माझ बसे। हामीले उहाँको महिमा देख्यौं, अनि हामीले पिताका एकमात्र पुत्रको महिमा जस्तो उहाँको महिमा देख्यौं। वचन अनुग्रह र सत्यताले पूर्ण थियो।
मानिसको पुत्र बाहेका कोही कहिल्यै स्वर्ग गएको छैन। उहाँ नै एक हुनुहुन्छ जो स्वर्गबाट तल आउनु भयो।
“तर एक जो स्वर्गबाट आउनु हुन्छ, उहाँ सबै भन्दा महान हुनुहुन्छ। जुन मानिस पृथ्वीबाट आउँदछ ऊ पृथ्वीकै हो र उसले जे पनि पृथ्वीबाटै गर्दछ। जौ एकमात्र स्वर्गबाट आउनुहुन्छ उहाँ सबै भन्दा महान हुनुहुन्छ।
“यदि यो संसारले तिमीहरूलाई घृणा गर्छ भने याद गर कि संसारले मलाई प्रथम घृणा गर्यो भनेर।
मैले तिनीहरूलाई तपाईंको सबै वचनहरू दिएं र संसारले तिनीहरूलाई घृणा गर्यो, किनभने तिनीहरू यस संसारका होइनन् जस्तै म यो संसारको होइन।
तिनीहरू संसारका होइनन् जस्तो कि म पनि यस संसारको होइन।
यो किन सत्य हो? किनभने, जब कुनै मानिसको विचार पापपूर्ण स्वभावको अधीनमा हुन्छ तब उ परमेश्वरको विरुद्धमा हुँदछ। त्यस मानिसले परमेश्वरको व्यवस्था मान्दैन अनि वास्तवमा त्यो मानिस परमेश्वरको व्यवस्था पालन गर्न असमर्थ हुन्छ।
पहिलो मानिस पृथ्वीको धूलोबाट आयो। दोस्त्रो मानिस स्वर्गबाट आयो।
तिनीहरू जुन तरिकामा बाँचेकाछन् त्यसले तिनीहरूलाई विनाश तिर घचेट्नेछ। तिनीहरू परमेश्वरको सेवा गर्दैनन्। ती आफैलाई खुशी राख्न मात्र बाँच्छन्। ती लाज लाग्दो काम गर्छन् र त्यसमा गर्व गर्छन्।
यस किसिमको “ज्ञान” माथिका परमेश्वरबाट आउँदैन। यो “ज्ञान” संसारबाट आउँछ। त्यो आध्यात्मिक होइन, त्यो शैतानबाट हो।
अविश्वासनीय मानिस तिमीहरू यो संसारलाई माया गर्नु परमेश्वरलाई घृणा गर्नु जस्तै हो। यसर्थ यदि कोही मानिस संसारको मित्र हुन चाहन्छ भने उसले आफैलाई परमेश्वरको शत्रु तुल्याउँछ।
संसारलाई अथवा संसारमा भएका कुराहरुलाई प्रेम नगर। यदि कुनै व्यक्तिले संसारप्रति प्रेम गर्छ भने, पिताको प्रेम त्यस व्यक्तिमाथि हुँदैन।
अनि ती झूटो शिक्षकहरु संसारका हुन्। यसैले तिनीहरुको शिक्षा पनि संसारकै हो। अनि तिनीहरु जे भन्छन् संसारले सुन्छ।
हामीलाई थाहा छ कि हामी परमेश्वरका हौं। तर दुष्टले सारा संसारलाई नियन्त्रणमा राख्छ।