Home Bibles ☰ Books भजनसंग्रह 148:6 · नेपाली बाइबल
भजनसंग्रह 148:6 · नेपाली बाइबल

परमेश्वरले यी सब कुराहरू सदा-सर्वदा रहोस् भनी रच्नुभयो। परमेश्वरले सारा नियमहरू बनाउनुभयो जुन कहिल्यै अन्त हुने छैनन्।

Cross references

अय्यूब 38:10

मैले समुद्रको सीमा बाँधें अनि बन्द द्वारहरूको पछिल्तिर राखें।

अय्यूब 38:33

के तिमीले आकाश नियन्त्रण गर्ने नियमहरू जान्दछौ? के तिमीले तिनीहरूलाई पृथ्वी शासन गर्ने बनाउन सक्छौ?

भजनसंग्रह 89:37

आकाशमा रहेको विश्‍वसनीय साक्षी चन्‍द्रमाझैँ, सदाकालको लागि त्‍यो स्‍थापित रहनेछ।”

भजनसंग्रह 93:1

परमप्रभु राजा हुनुहुन्छ। उहाँले वैभवी अनि सामर्थ्यपूर्ण पोषाकहरू लगाउनु हुन्छ। उहाँ तयार हुनुहुन्छ यसैले सारा संसार सुरक्षित छ, यो नष्ट हुनेछैन।

भजनसंग्रह 119:90

तपाईं सदा-सर्वदा विश्वासी हुनुहुन्छ। हे परमप्रभु, तपाईंले पृथ्वी सृजना गर्नुभयो, अनि यो अझ विश्वासयोग्य हुनुहुन्छ।

हितोपदेश 8:27

जब परमप्रभुले आकाश सृष्टि गर्नु भयो, म त्यहाँ थिएँ। जब परमप्रभुले क्षितिजहरूको चित्रसागरको प्रतिबिम्ब माथि कोर्नु भन्दा पहिला म त्यहाँ थिएँ।

यशैया 54:9

परमेश्वर भन्नुहुन्छ, “सम्झ नूहको समयमा मैले संसारलाई जलप्रलयद्वारा दण्डित गरेको थिएँ। तर मैल नूहसँग वचन राखेको थिएँ कि म फेरि संसारलाई जलप्रलय द्वारा विध्वंश गर्ने छैन। त्यस्तै प्रकारले म तिमीहरूसँग करार बाँध्दछु कि कहिल्यै पनि म तिमीहरूसँग रिसाउने छैन अनि नराम्रा कुराहरू गर्ने छैन।”

यर्मिया 31:35

परमप्रभु भन्नुहुन्छ “उहाँ एकजना जसले दिनमा सूर्य। अनि रातमा चन्द्र र ताराहरू उदाउने गराउनु हुन्छ। उहाँले समुद्रलाई उत्तेजित र छालहरूलाई गर्जने पार्नु हुन्छ। सेनाहरूका परमप्रभु उहाँको नाउँ हो।”

यर्मिया 31:36

परमप्रभुले यी कुराहरू भन्नुहुन्छ “यदि मैले मेरो आफ्नो नियन्त्रण सूर्य, चन्द्र, तारा र समुद्रमाथि हटाएँ भने मात्र इस्राएलका भावी सन्तानहरू एक जातिमा परिणत हुन रोकनेछन्।”

यर्मिया 33:25

परमप्रभु भन्नुहुन्छ, “यदि मैले रात र दिनसँग करार नराखेको भए अनि यदि मैले आकाश र पृथ्वीको लागि नियमहरू तैयार नबनाएको भए।

Interlinear

Choose Theme