Home Bibles ☰ Books भजनसंग्रह 144:7 · नेपाली बाइबल
भजनसंग्रह 144:7 · नेपाली बाइबल

परमप्रभु, आकाशबाट तल झरेर मलाई बचाउनु होस्! मलाई शत्रुहरूका समुद्रमा डुब्नबाट बचाउनु होस्। मलाई ती परदेशीहरूबाट बचाउनु होस्।

Cross references

2 शमूएल 22:17

परमप्रभुले मलाई सहायता गर्न माथिबाट तल आइपुग्नुभयो परमप्रभुले गहिरो पानीबाट समातेर मलाई बाहिर निकाल्नु भयो।

नहेम्याह 9:2

इस्राएली कुलहरूले स्वयंलाई समस्त विदेशीहरूबाट अलग गरे। तिनीहरू उभिए अनि आफ्ना पापहरू र आफ्ना पुर्खाहरूका भूल स्वीकार गरे।

भजनसंग्रह 18:16

परमप्रभु माथिबाट ओर्लेर तलसम्म पुग्नु भयो र मलाई बचाउनु भयो। परमप्रभुले मलाई समात्नु भयो र गहिरो पानीबाट तानेर निकाल्नुभयो।

भजनसंग्रह 18:17

मेरा शत्रुहरू म भन्दा बलिया थिए, तिनीहरूले मलाई घृणा गर्दथे। मेरा लागि मेरा शत्रुहरू एकदम शक्तिशाली थिए, यसर्थ परमेश्वरले मलाई बचाउनु भयो।

भजनसंग्रह 18:44

ती मानिसहरूले मेरो विषयमा सुन्नेछन् अनि झट्टै मेरो आज्ञा पालन गर्नेछन्। ती विदेशीहरू मदेखि भयभित हुनेछन्।

भजनसंग्रह 54:3

विदेशीहरू जसले परमेश्वरलाई उपासना गर्दैनन् उनीहरू मेरो विरूद्ध उठिरहेछन्। ती शक्तिशाली मानिसहरूले मलाई मार्न खोजिरहेछन्।

भजनसंग्रह 69:1

हे परमेश्वर, मेरो सम्पूर्ण संकटहरूबाट बचाउँनु होस्! मेरो मुखसम्म पानी उठिसक्यो।

भजनसंग्रह 69:14

दलदल देखि मलाई तान्नु होस्। मलाई दलदल भित्र भासिन नदिनुहोस्। मलाई यो गहन पानीबाट बचाउनुहोस्। मलाई ती मानिसहरूबाट बचाउनु होस् जसले मलाई हेला गर्छन्।

भजनसंग्रह 93:3

हे परमप्रभु नदिहरूको आवाज अति गर्जनपूर्ण छ। जोडसँग आउने छालहरू गर्जनपूर्ण छन्।

भजनसंग्रह 124:4

हाम्रो शत्रुहरूका सैनिकहरूले हामीलाई बाढीले बगाए झै र नदीले हामीलाई डुबाए झै पार्ने थिए।

भजनसंग्रह 144:11

मलाई ती विदेशीहरूबाट बचाउनु होस्। ती शत्रुहरू झुटा छन्। तिनीहरूले भनेका कुराहरू असत्य छन्।

मलाकी 2:11

यहूदाका मानिसहरूले अरू मानिसहरूलाई ठगे। यरूशलेमअनि इस्रएलका मानिसहरूले घिनलाग्दा कामहरू गरे। परमेश्वले मन्दिरलाई प्रेम गर्नुहुन्छ। तर यहूदाका बासिन्दाले परमप्रभुको पवित्र मन्दिरको सम्मान गरेनन्।यहूदाको मानिसहरूले बिदेशी देवताहरूको पूजा गर्न थाले।

मत्ती 27:43

उनले परमेश्वरमाथि विश्वास राखे। यसकारण अब परमेश्वरले नै उनलाई बचाउन्, यदि परमेश्वरले ईच्छा गर्नुहुन्छ भने। उहाँ आफैले भन्नु भएको छ, म नै परमेश्वरको पुत्र हुँ।”

प्रकाश 12:15

तब त्यस सर्पले आफ्नो मुखबाट नदीले जस्तो पानी पोखायो। त्यस सर्पले त्यस स्त्री तिर पानी खन्यायो जसद्वारा उसलाई बाढीले बगाउन सक्थ्यो।

प्रकाश 17:15

तब स्वर्गदूतले मलाई भने, “तिमीले त्यो वेश्या जहाँ बसेकी थिई त्यो पानी देख्यौ। त्यो पानी संसारका धेरै मानिसहरु, भिन्न-भिन्न वंशहरु, राष्ट्रहरु अनि भाषाहरु, हुन्।

Interlinear

Choose Theme