Home Bibles ☰ Books भजनसंग्रह 134:3 · नेपाली बाइबल
भजनसंग्रह 134:3 · नेपाली बाइबल

परमप्रभुले सियोनबाट तिमीहरूलाई आशीर्वाद दिऊन। परमप्रभुले स्वर्ग र पृथ्वी सृजनु भयो।

Cross references

रूथ 2:4

पछि, बोअज बेतलेहेमबाट खेतमा आए। तिनले काम गर्नेहरूलाई अभिवादन गरे। तिनले भने, “परमप्रभु तिमीहरूका साथ रहून्।”अनि कामदारहरूले उत्तर दिए, “परमप्रभुले तपाईलाई आशिष दिऊन्।”

भजनसंग्रह 14:7

सियोनमा इस्राएल लाई बचाउने को छ? परमेश्वर बाहेक कोही पनि छैन! परमप्रभुका मानिसहरूलाई लगियो अनि कैदी बनाइयो। तर परमप्रभुले आफ्ना भक्तजनहरूलाई फर्काएर ल्याउनु हुनेछ, तब याकूब (इस्राएल ) खुशी हुनेछ।

भजनसंग्रह 20:2

उहाँको पवित्र स्थानबाट परमप्रभुले तिमीलाई सहायतामा पठानु भएको होस्। उहाँले सियोनबाट तिमीलाई मद्दत दिऊन्।

भजनसंग्रह 20:3

तिमीले अर्पण गरेका सम्पूर्ण उपहारहरू परमेश्वरले सम्झना गरून्। उहाँले तिम्रा सबै बलिहरू स्वीकार गरून्।

भजनसंग्रह 110:2

परमप्रभुले तिम्रो राज्य बढाउनलाई सहयोग गर्नु हुेनेछ। तिम्रो राज्य सियोनमा शुरूहुनेछ अनि यो त्यति बेलासम्म बढदै जानेछ जति बेलासम्म आफ्ना शत्रुहरूलाई आफ्नो शासन गर्नेछौ!

भजनसंग्रह 115:15

परमप्रभु जसले स्वर्ग र पृथ्वी बनाउनु भयो, तिमीहरूलाई आशीर्वाद दिऊन्!

भजनसंग्रह 124:8

हाम्रो निम्ति सहायता परमप्रभुबाट आउँदछ। परमप्रभुले आकाश र पृथ्वी बनाउनु भयो!

भजनसंग्रह 128:5

सियोनबाट परमप्रभुले तिमीलाई आशीर्वाद दिऊन्। तिमीहरूको जीवनभरि यरूशलेममा आशीर्वादको आनन्द उपभोग गर्न सक।

भजनसंग्रह 135:21

सियोनबाट आएका परमप्रभु धन्य हुनुभयो, यरूशलेम र उहाँको वास-स्थानबाट परमप्रभुको प्रशंसा गर।

भजनसंग्रह 136:5

परमेश्वरको प्रशंसा गरौ जसले आकाश बनाउन बुद्धि लगाउनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।

भजनसंग्रह 146:5

तर मानिसहरूले जसले परमप्रभुको साथ माग्दछन् तिनीहरू सुखी छन्। ती मानिसहरू आफ्ना परमप्रभु परमेश्वरमा आश्रित छन्।

जकरिया 12:1

इस्राएलको बिषयमा परमप्रभुको दुःखको वचन। परमप्रभुले पृथ्वी र आकाश बनाउँनु भयो। उहाँले मानिसको आत्मा रच्नु भयो। अनि यी कुराहरू भन्नुभयो,

रोमी 11:26

अनि त्यसै गरी सारा इस्राएलीहरूलाई बचाइनेछ। यो धर्मशास्त्रमा लेखिएको छः“उद्धारक सियोनबाट आउनु हुनेछ, उहाँले याकूबका परिवारबाट दुष्ट्याइँ हटाउनुहुनेछ

Interlinear

Choose Theme