Home Bibles ☰ Books भजनसंग्रह 131:3 · नेपाली बाइबल
भजनसंग्रह 131:3 · नेपाली बाइबल

आमाको काखमा भएको एक सन्तोषी बालक जस्तो मेरो प्राण चुपचाप र शान्त छ। हे इस्राएल वासी, परमप्रभुमाथि भरोसा गर। उहाँलाई अहिले भरोसा गर अनि उहाँलाई सधैं भरोसा गर!

Cross references

भजनसंग्रह 115:9

हे इस्राएल का मानिसहरू, परमप्रभुमाथि भरोसा गर! परमप्रभु तिनीहरूका बल र ढाल हुन्।

भजनसंग्रह 115:18

तर हामी अहिले परमप्रभुको प्रशंसा गर्छौं, अनि उहाँको हामी सदा-सर्वदा प्रशंसा गर्छौं। परमप्रभुको प्रशंसा गर!

भजनसंग्रह 121:8

तिमी आउँदा र जाँदा परमप्रभुले रक्षा गर्नुहुनेछ। परमप्रभुले तिमीलाई अहिले र अनन्तसम्म सहयोग गर्नुहुनेछ!

भजनसंग्रह 130:7

हे इस्राएल , परमप्रभुमाथि भरोसा गर। स्नेहपूर्ण करूणा परमप्रभुसँग मात्र पाउन सकिन्छ।

भजनसंग्रह 146:5

तर मानिसहरूले जसले परमप्रभुको साथ माग्दछन् तिनीहरू सुखी छन्। ती मानिसहरू आफ्ना परमप्रभु परमेश्वरमा आश्रित छन्।

यशैया 26:4

यसकारण, सर्धै परमप्रभुमा भरोसा राख। किन? परमप्रभु परमेश्वरमा नै, सदा-सर्वदा तिमीहरूको सुरक्षा छ!

यर्मिया 17:7

त्यो मानिस धन्य हो जसले परमप्रभुमाथि भरोसा गर्छ, जसले उहाँमाथि विश्वास राख्छ।

Interlinear

Choose Theme