त्यो मानिस धन्य हो जसले परमप्रभुमाथि भरोसा गर्छ, जसले उहाँमाथि विश्वास राख्छ।
Cross references
तिमीहरूले परमप्रभुको पुत्रको भक्त हुँ भन्ने देखाऊ। यदि तिमीहरूले त्यसो गरेनौ भने उहाँ क्रोधित हुनुहुनेछ र तिमीहरू सबैलाई ध्वंश पार्नु हुनेछ। जसले परमप्रभुमाथि विश्वास गर्दछन् उनीहरू सुखी हुन्छन्। तर अन्य मानिसहरू होशियार हुनु पर्नेछ। परमप्रभु आफ्नो क्रोध देखाउन तयार हुनुहुन्छ।
ती अन्य मानिसहरू पराजित भए, तिनीहरू युद्धमा मारिए। तर हामीले जित्यौं! हामी विजेता हौं।
परमप्रभुलाई जाँच गरेर हेर, उहाँ कति असल हुनुहुन्छ। जुन मानिसले उहाँमाथि आश्रय राख्दछ ऊ अवश्य खुशी हुनेछ।
त्यो मानिस जसले परमप्रभुमाथि भरोसा गर्छ, साँच्चै धन्य हुनेछ। यदि कुनै मानिसले कसैलाई आफ्नो भूलहरू र झूटो देवताहरूतर्फ लाँदैन भने त्यो मानिस साँच्चै नै धन्य हुनेछ।
हे सेनाहरूका परमप्रभु, मानिसहरू जसले तपाईंमाथि भरोसा गर्छन् उनीहरू अति नै आनन्दित हुन्छन्।
मानिसहरू जसले परमप्रभुमाथि भरोसा राख्दछन् तिनीहरू सियोन पर्वत जस्तो हुनेछन्। तिनीहरू कहिल्यै पनि हल्लिने छैनन। तिनीहरू सदा-सर्वदा रहनेछन्।
तर मानिसहरूले जसले परमप्रभुको साथ माग्दछन् तिनीहरू सुखी छन्। ती मानिसहरू आफ्ना परमप्रभु परमेश्वरमा आश्रित छन्।
मानिसहरूले उपदेश दिंदा जसले सुन्छ त्यो मानिसलाई लाभ हुन्छ, अनि जसले परमप्रभु माथि भरोसा गर्छ त्यो धन्य हुन्छ।
परमप्रभु तपाईंले मानिसहरूलाई साँचो शान्ति दिनुभयो जो तपाईंमाथि आस्रित छन् जसले तपाईंलाई विश्वास गर्दछन्।
परमप्रभुले तिमीहरूप्रति यही अनुग्रह दर्शाउनु चाहनु हुन्छ। परमप्रभुले प्रतीक्षा गरिरहनु भएको छ। परमप्रभु उठेर तिमीहरूलाई सान्त्वना दिन चाहनु हुन्छ। परमप्रभु परमेश्वर निष्पक्ष हुनुहुन्छ, अनि प्रत्येक मानिस जसले परमप्रभुको साथ पर्खन्छ उसलाई आशीर्वाद हुनेछ।
म शान्त अनि नम्र मानिसहरूलाई यरूशलेममा बस्न दिनेछु, अनि तिनीहरूले परमप्रभुको नाउँमा भरोसा राख्नेछन्।
ख्रीष्टमा आशा राख्ने हामी पहिलो जन हौं। अनि हामी छानिएका हौं ताकि उहाँको महिमामा हामीले प्रशंसा ल्याउन सकौं।