Home Bibles भजनसंग्रह 127:5 · नेपाली बाइबल
भजनसंग्रह 127:5 · नेपाली बाइबल

जुन मानिसको आफ्नो तरकस छोराहरूले भर्छ, त्यो अत्यन्तै खुशी हुनेछ। त्यो मानिस कहिल्यै परास्त हुने छैन। उसको छोराहरूले उसलाई जनसमूह समक्ष उसको शत्रुहरू विरूद्ध सहायता गर्नेछन्।

Cross references

उत्पत्ति 50:23

यूसुफकै जीवन कालमा एप्रैमको छोरा-छोरी तथा नाता-नातिनीहरू जन्मेका थिए। अनि तिनको छोरो मनश्शेबाट छोरो जन्मियो जसको नाउँ माकीर थियो। यूसुफ माकीरका नानीहरूको मुख हेर्न बाँचिरहे।

अय्यूब 1:2

अय्यूबका सात भाई छोराहरू र तीन बहिनी छोरीहरू थिए।

अय्यूब 5:4

उसको नानीहरूलाई सहयोग गर्ने त्यहाँ कोही थिएन। अदालतमा उनीहरूका पक्षमा बोलिदिने कोही थिएन।

अय्यूब 42:12

परमप्रभुले अय्यूबसँग शुरूमा भएको भन्दा बढी सम्पन्न हुने आशिर्वाद दिनुभयो। अय्यूबले 14,000 भेडा 6,000 ऊँटहरू, 2,000 गाईहरू अनि 1,000 पोथी गधाहरू पाए।

भजनसंग्रह 18:47

मेरो निम्ति परमप्रभुले मेरो शत्रुहरूलाई दण्ड दिनुभयो। उहाँले मानिसहरूलाई आफ्नो अधीनमा राख्नु भयो।

हितोपदेश 27:11

हे मेरो छोरो! तिमी बुद्धिमान् भएर मेरो मन खुशी पारिदेऊ ताकि, जसले मलाई घृणागर्छ त्यसलाई म जवाफ दिन सकुँ।

Interlinear

Choose Theme