परमप्रभु, म तपाईंका आज्ञाहरू पालन गर्नेछु, कृपया मलाई नत्याग्नु होस्!
Cross references
“तर हुन सक्छ, तिमीहरू परमप्रभुको सेवा गर्न चाहँदैनौ। कसलाई सेवा गर्छौ त्यो तिमीहरूले निर्णय लिनु पर्छ। के तिमीहरू, तिमीहरूका अगुवाहरूले यूफ्रेटिस नदीको पारिपट्टि बस्दा पूजेका झूटा देवताहरूको सेवा गर्छौ? अथवा, यो भूमिमा बस्ने एमोरी मानिसहरूका देवताको सेवा गर्छौ? तिमीहरू आफैंले चुन्नु पर्छ। तर म अनि मेरो घरनाले भने परमप्रभुकै सेवा गर्ने छौं।”
हे परमप्रभु, मलाई त्यागी नजानुहोस्। हे मेरो परमेश्वर, मेरो हितैषी भएर बस्नुहोस्!
मलाई नठेल्नु होस्। अनि मदेखि तपाईंको पवित्र आत्मा टाढा नलैजानु होस्!
म बूढो भएँ भनी मलाई नफ्यँकनु होस्। मेरो बल सकिदैछ भनेर मलाई नत्याग्नु होस्।
अब म बूढो भएँ अनि मेरा केश सेता छन् तर म जान्दछु तपाईंले मलाई त्याग्नु हुने छैन, परमेश्वर। म प्रत्येक भावी पुस्तालाई तपाईंको शक्ति र महानता बारेमा बताउने छु।
म तपाईंको नियमहरूमा रमाउने छु म तपाईंका वचनहरू भुल्ने छैन।
तपाईंको नियमहरू असल छन्। म ती नियमहरू पालन गर्ने कसम खाँदछु अनि म आफ्नो वचन राख्नेछु।
हे परमप्रभु, दुष्ट मानिसहरूलाई मेरो नजीक आउन नदिनुहोस् अनि म परमेश्वरको आज्ञाहरू पालन गर्नेछु।
हे परमप्रभु, म मेरो सम्पूर्ण हृदयले तपाईंलाई डाक्दछु। मलाई जवाफ दिनुहोस्! म तपाईंको आज्ञाहरू पालन गर्छु।
म हराएको भेंडा सरह भड्किरहें। हे परमप्रभु, आएर मलाई खोज्नु होस्। म तपाईंको दास हुँ, अनि मैले तपाईंको भरोसा भुलेको छैन।
म सब कुराहरू गर्न समर्थ छु किनभने ख्रीष्टले मलाई शक्ति प्रदान गर्नुहुन्छ।