Home Bibles भजनसंग्रह 119:45 · नेपाली बाइबल
भजनसंग्रह 119:45 · नेपाली बाइबल

यसकारण म स्वतन्त्र हुने छु। किन? किनभने मैले तपाईंको नियमहरू पालन गर्ने कष्ट गरें।

Cross references

भजनसंग्रह 119:19

म यस देशमा परदेशी हुँ। परमप्रभु, तपाईंका उपदेशहरू मबाट नलुकाउनुहोस्।

भजनसंग्रह 119:32

म खुशीले तपाईंको आज्ञाहरू पालन गर्नेछु। परमप्रभु, तपाईंका आज्ञाहरूले मलाई आनन्द दिन्छ।

भजनसंग्रह 119:71

मेरो निम्ति वेदना उत्तम थियो। मैले तपाईंको नियमहरू सिकें।

भजनसंग्रह 119:94

हे परमप्रभु, म तपाईंकै हुँ, यसैले मलाई बचाउनु होस्। किन? किनभने मैले तपाईंको आज्ञाहरू पालन गर्न यथाशक्य कोशिश गरें।

भजनसंग्रह 119:133

हे परमप्रभु, तपाईंले कसम खाए झैं मलाई डोर्याउनु होस् मतर्फ कुनै प्रकारको दुर्घटना घट्न नदिनुहोस्।

भजनसंग्रह 119:148

तपाईंका वचनहरू मनन गर्न म रातमा अबेर सम्म बस्छु।

भजनसंग्रह 119:162

परमप्रभु, तपाईंको वचनले मलाई आनन्दित तुल्यायो, धेरै धन पाएर अत्यन्त खुशी भएको मानिसलाई जस्तो।

हितोपदेश 2:4

चाँदी खोजे झैं ज्ञान खोज, गाड-धन खोजे झैं ज्ञान खोज।

हितोपदेश 4:12

जब तिमी अघि बढछौ, तिम्रो खुट्टा जालमा पर्ने छैन अनि जब तिमी दगुर्छौ तिमीलाई ठेस लाग्ने छैन।

हितोपदेश 18:1

एक्ले बस्ने मानिसले उसका आफ्नै स्वार्थी इच्छाहरू पूरा गर्न खोज्छ। उसले विवेकपूर्ण सल्लाहलाई गिल्ला गर्छ।

उपदेशक 1:13

मैले निश्चय गरें, यस जीवनमा जे कुरा हुन्छ, त्यसलाई बुझ्न आफ्नो बुद्धि प्रयोग गर्दै त्यसलाई अध्ययन गर्छु। मैले बुझे, परमेश्वरले मानिसहरूलाई गर्नु भनी जुन कुराहरू दिनुभयो त्यो खुबै कठिन रहेछ।

लूका 4:18

परमप्रभुको आत्मा ममथि छ। परमेश्वरले मलाई अभिषेक गर्नुभएकोछ, केही पनि नभएका मानिसहरूमा सुसमाचारहरू सुनाउनलाई परमेश्वरले मलाई घोषणा गर्नु पठाउनु भएकोछ, कैदीहरूलाई मुक्त पार्न अनि अन्धो मानिसहरूलाई देख्न सक्ने पार्न अनेकौं यातनामा पिल्सिएका मानिसहरूलाई मुक्त पार्न परमेश्वरले मलाई पठाउनु भएकोछ।

यूहन्ना 5:39

तिमीहरूले धर्मशास्त्र सावधानसित अध्ययन गर किनभने तिमीहरू सोच्दछौ कि ती धर्मशास्त्रद्वारा तिमीहरूले अनन्त जीवन पाउनेछौ अनि यिनै धर्मशास्त्रले मेरो विषयमा गवाही दिन्छ।

यूहन्ना 8:30

जब येशूले यी कुराहरू गरिरहनु भएको थियो, धेरौ मानिसहरूले उहाँलाई विश्वास गरे।

एफिसी 5:17

यसर्थ मूर्ख नबन। सट्टामा, प्रभूले तिमीलाई के गराउन चाहनुहुन्छ, बुझ।

याकूब 1:25

तर वास्तवमा सुखी मानिस त्यो हो जसले परमेश्वरको सही नियम पालनगर्छ, जसले मानिसहरूलाई स्वतन्त्र तुल्याउँछ। उसले त्यसलाई अध्ययन गरिरहन्छ। उसले परमेश्वरको वचन सुन्छ अनि उसले जे सुन्यो त्यो बिर्सदैन। तब वचनमा जे भनिएको छ पालन गर्छ। त्यस मानिस जसले त्यसो गर्छ, सुखी हुनेछ।

याकूब 2:12

तिमीहरू त्यो नियमद्वारा जाँच गरिन्छौ, जुन नियमले मानिसहरूलाई मुक्त तुल्याउँछ। तिमीहरूले दैनिक बोल चाल औ कर्ममा यस कुरोलाई याद राख्नु पर्छ।

2 पत्रुस 2:19

ती झूटा शिक्षकहरु स्वतंत्रता प्राप्रिको बचन दिन्छन्। तर ती झूटा शिक्षकहरु स्वयं स्वतन्त्र छैनन्। तिनीहरु ती ध्वंशात्मक कुराहरुका दास हुन्। एक मानिस त्यस वस्तुको दास बन्दछ जसले उसलाई अधिकारमा राख्छ।

Interlinear

Choose Theme