हे परमप्रभु, जुन खप्कीदेखि म डराउँछु त्यो मबाट हटाइदिनुहोस् तपाईंको बुद्धिमानी निर्णयहरू उत्तम छन्।
Cross references
आज मैले सिकाएको विधि-विधानहरू र व्यवस्थाहरू भएको हाम्रो देश जस्तो अरू कुनै देश पनि छैन।
तर तिमीले जे गर्यौ त्यसले गर्दा परमप्रभुका शत्रुहरूले उहाँलाई आदर गर्न छोडे। यही कारण तिम्रो काखको छोरा मर्नेछ।”
परमप्रभुको उपासना एउटा ज्योति जस्तै हो जसले अनन्त चम्किलो उज्यालो पार्छ। परमप्रभुको न्यायहरू उचित र निष्कपट छन्। तिनीहरू सम्पूर्ण ठीक छन्।
हे परमप्रभु, मैले गरेको नराम्रा कामहरूबाट मलाई जोगाउनु होस्। मलाई क्रोधित अनि मूर्ख मानिसलाई जस्तो व्यवहार नगर्नु होस्।
स्वर्गबाट उहाँले मलाई साथ दिनुहुन्छ र बचाउँनु हुन्छ। उहाँले मलाई सताउने मानिसहरूलाई परास्त गर्नुहुन्छ। परमेश्वरले मप्रति आफ्नो स्नेहपूर्ण करूणा प्रकट गर्नुहुनेछ।
म सारा समय तपाईंको विधिहरू अध्ययन गर्न चाहन्छु।
मलाई लज्जित र व्याकुल हुन नदिनुहोस्। मैले तपाईंको करार पालन गरेको छु।
म तपाईंको करार-वचनमा अडिग भएर बस्नेछु। मलाई असन्तुष्ट नबनाउनु होस्।
म सधैं तपाईंको साँचो उपदेशहरू बोल्न पाऊ। हे परमप्रभु, म तपाईंको बुद्धिमानी निर्णयहरूमा आश्रित छु।
हे परमप्रभु, म जान्दछु कि तपाईंका निर्णयहरू निष्पक्ष छन्। अनि तपाईंले मलाई दण्ड दिनु सठीक थियो।
हे परमप्रभु, तपाईंबाट सहायताको र तपाईंको राम्रो वचनको निम्ति बाटो हेर्दा हेर्दा मेरो आँखाहरू टट्टाई सके।
हे परमप्रभु, म साँचो रूपले तपाईंका आज्ञाहरू मनन गर्न चाहन्छु, म त्यो स्वास रोकिएर अधैर्यपूर्ण पर्खिरहेको मानिस जस्तो छु।
यदि तिमीले अर्काको रहस्य खोलिदियौ भने तिमी आफैं लाजमा पर्नेछौ र तिमी माथि लागेको बद्नामी तिमीबाट कहिल्यै मेटिने छैन।
तर परमप्रभु, हामी तपाईंको न्यायको बाटो पर्खिरहेका छौं। हाम्रो प्राण तपाईं र तपाईंका नाउँ सम्झेर आनन्दित हुन्छ।
ज-जसले नराम्रा कामहरू गर्छन् उनीहरूलाई परमेश्वरले न्याय गर्नुहुन्छ। अनि हामी जान्दछौं कि परमेश्वरको न्याय ठीक हुँदछ।
ऊ मण्डलीदेखि बाहिरका मानिसहरूद्वारा पनि मान गरिने हुनुपर्छ। तब उ अरूद्वारा आलोचित हुने छैन अनि उ शैतानको जालमा पर्ने छैन।मण्डलीक सहायकहरू
यसकारण म चाहन्छु कि तरूणी विधवाहरूले विवाह गरून्, बालकहरू जन्माउन् र आफ्नो घरको देखभाल गरून्। यदि तिनीहरूले यसो गरे हाम्रा शत्रुहरूले तिनीहरूको आलोचना गर्ने अवसर पाउने छैनन्।
जब तिमी सत्य बोल्छौ, यस्तो प्रकारले बोल, जसमा कि कसैले तिम्रो आलोचना गर्नै छैन अनि तब तिम्रो विरोधमा हुने कुनै मानिस आफै लज्जित भएको अनुभव गर्ने छ। किन कि हाम्रो विरोधमा बोल्ने उसित केही हुनेछैन।