प्रभावशाली शासकहरूले अकारण मलाई आक्रमण गरे। तर डर राख्दछु र तपाईंको नियमलाई आदर गर्दछु।
Cross references
मेरा मालिकले मलाई आफू समान सम्झन्छन्। तर मैले उसकी पत्नीसित सुत्नु हुँदैन। यो उचित होइन। यो परमेश्वरको बिरूद्धमा पाप हो।”
तीन दिनपछि यूसुफले तिनीहरूलाई भने, “म परमेश्वरको डर मान्ने मानिस हुँ। मैले भनेको मान तब म तिमीहरूलाई बाँच्ने मौका दिन्छु।
आकीशले आफ्ना अधिकारीहरूलाई भने, “हेर यो मानिसलाई! यो त पागल हो। यस मानिसलाई मेरो उपस्थितिमा पागल कार्य गर्न यहाँ ल्याउनु अवश्यक छैन। भविष्यमा फेरि यो मानिसलाई मेरो घरमा नल्याउनु। मसँग यस्ता बौलाहा मानिसहरू धेरै छन्। मलाई तिमीहरूले यसलाई यहाँ ल्याउने कुनै काम थियो भन्ने लाग्दैन। फेरि-फेरि यसलाई यहाँ मेरो घरमा नल्याउनू!”
दाऊदले शाऊललाई भने, “जब मानिसहरूले भन्छन्, ‘दाऊदले तपाईंलाई चोट पुर्याउने योजना बनाइरहेछ तपाईंले किन तिनीहरूको कुरा सुन्नुभयो।”
दाऊदले फेरि भने, “हे मेरा प्रभु, तपाईंले मेरो खेदो किन गर्नु हुदैछ? मैले के भूल गरें? मेरो के कसुर छ?
तिमीले दुःख मान्यौ जब ती कुरा सुन्यौ मैले भनें यस ठाउँमा डरलाग्दो घटनाहरू हुनेछ (यरूशलेम) तिमीले आफ्नो दुःख देखाउन आफ्नो लुगा च्यात्यौ अनि तिमी रून थाल्यौ। यसैकारण मैले तिम्रो कुरा सुने। परमप्रभु यस्तो भन्नुहुन्छ।
पहिलेका राज्यपाल जो मेरो अघि थिए, मानिसहरू माथि गह्रौ बोझ लदाएको थिए। अनि आधा किलोग्राम चाँदीसित तिनीहरूबाट खाद्य अनि दाखरस पनि लिएका थिए। तिनीहरूका सेवकहरू अघिका मानिसहरू माथि कठोर शासन गरेका थिए। तर मैले यस्ता कुराहरू गरिन किन भने म परमेश्वरसित डराउँथे।
तर मैले त्यस्तो नराम्रो काम गरिनँ। म परमेश्वरको दण्डदेखि त्रासित छु। उहाँको महिमाले मलाई भयभीत पार्छ।
यदि तिमीहरूलाई केही कुराले विरक्त पार्दा रीस उठ्न सक्छ, तर पाप चाँहि नगर। जब तिमी सुत्न जान्छौ तब ती कुराहरू सोच र निदाऊ।
अगुवाहरूले पनि मेरो बिरोधमा कुरा गरे। तर म तपाईंको दास हुँ, हे परमप्रभु! अनि मैले तपाईंको नियमहरू पढेकोछु।
मेरो धेरै शत्रुहरू छन् मलाई घात गर्नेहरू धेरै छन् तर मैले तपाईंको करार-वचन अनुसरण गर्नदेखि रोकिने छैनँ।
म स्वयंले सम्पूर्ण चीजहरू। सबै चीजहरू यहाँ छन् किनभने तिनीहरू सबै मैले बनाएका हुन्।” परमप्रभुले नै ती कुराहरू भन्नुभयो। “मलाई बताऊ, कस्तो मानिसहरूलाई म हेरचाह गरूँ? मैले गरीब मानिसहरूलाई हेरचाह गरें मैले एकदमै दुखी भएका मानिसहरूको हेरचाह गरें, मैले मेरो वचन पालन गर्नेहरूलाई हेरचाह गरें।
यहूदीले बेहेरूवा पढन शुरू गरे। जब उसले तीन वा चार पृष्ठ पढद्थे, राजाले ती पढिसकेका पंक्ति एउटा सानो छुरीले काट्थे अनि अगेनोमा हाली दिन्थे र जब सम्म पुरै बेहेरूवा अगेनोमा जलेर नष्ट भएन तब सम्म तिनले त्यसै गरे।
तर यस्तो भयो किनकि उनीहरूको व्यवस्थामा लेखिएको कुरा सत्य हुने भयोः यस्तो लेखिएको छ ‘कुनै कारण बिना नै तिनीहरूले मलाई घृणा गरे।’