मलाई साथ दिनुहोस, परमप्रभु र म जोगिने छु। म तपाईंका आज्ञाहरू अनन्त सिक्ने छु।
Cross references
मैले तपाईंको पथ अनुशरण गरेकोछु। मेरो पाइलाहरूले तपाईंले बताउनु भएको बाँच्ने तरिका कहिल्यै छोडेका छैनन्।
म सधैं उहाँको निर्णयहरूलाई सम्झना गर्छु। म उहाँको नियमहरू मान्दछु!
म जन्मनु भन्दा अघिबाटै तपाईंमाथि आश्रित थिएँ, आमाको कोखमा हुँदादेखि नै मैले तपाईंमाथि पूर्ण भरोसा गरेको छु। मैले सधैं तपाईंलाई प्रार्थना गरें।
मैले चाहेका सबै थोकहरू मसँग छन्। म सधैं नै तपाईंसँग साथमा छु। हे परमेश्वर, तपाईंले मेरो दाहिने हात पक्रनु भएकोछ।
तब म कहिल्यै पनि लज्जित हुने छैन जब म तपाईंको आज्ञाहरू पालन गर्छु।
हे परमप्रभु, म तपाईंको आज्ञाहरूलाई प्रशंसा गर्छु। म तिनीहरूलाई मन पराउँछु। अनि म तिनीहरूलाई अध्ययन गर्छु।
हे परमप्रभु, म सधैं तपाईंको करार पत्र पालन गर्नेछु। यसले मलाई खुशी पार्दछ।
त्यहाँ पनि तपाईंको दाहिने हातले मलाई पक्रन्छ अनि मलाई त्यही हातले डोर्याउनु हुन्छ।
म परमप्रभु तिम्रो परमेश्वर हुँ। मैले तिम्रो दाहिने हात समाति रहेकोछु। अनि म तिमीलाई भन्दछु नडराऊ। म तिम्रो साथमा हुनेछु।
म मेरा भेडाहरूलाई अनन्त जीवन दिंदछु। तिनीहरू कहिल्यै मर्ने छैनन्। अनि कसैले पनि तिनीहरूलाई मेरो हातबाट खोसेर लान सक्तैन।
तिमीले अरूको सेवकलाई जाँच्न सक्तैनौ। उसको स्वामीले मात्र त्यसको ठीक र बेठीकको निणर्य गर्नसक्छ। अनि परमप्रभुको सेवक ठीक बन्नेछ किनभने प्रभु तिनलाई ठीक बनाउनु सामर्थी हुनुहुन्छ।
तिम्रो विश्वास मार्फत परमेश्वरको शक्तिले तिमीहरु सुरक्षित रहन्छौ। यो मुक्ति तयार राखिएकोछ अनि यो तिमीहरुलाई समयको अन्तमा दिइनेछ।
परमेश्वर शक्तिशाली हुनुहुन्छ अनि तिमीहरुलाई पतन हुनबाट जोगाउन सहयोग गर्ने योग्य हुनुहुन्छ। कुनै दोष अनि महा आनन्द बिनै उहाँको महिमामय उपस्थिति अघि तिमीलाई ल्याउन योग्य हुनुहुन्छ।